मिथिलामा महाकुम्भ १५ दिन मध्यमा परिक्रमा आजदेखि सुरु

मधेशपाटी अनलाइन     २०७८ फाल्गुन १९, बिहीबार १४:४९ बजे मा प्रकासित


शम्भु पण्डित ,जनकपुरधाम ।मिथिलाञ्चलको महाकुम्भ मानिने यस क्षेत्रको धार्मिक तथा ऐतिहासिक
तराई मधेसकाे मिथिला महाकुम्भ मेला मध्यमा परिक्रमा आजदेखि सुभारम्भ हुने भएको छ । १५ दिवसीय मध्यमा परिक्रमाको लागि कचुरीबाट मिथिला बिहारीको डोला आज जनकपुर उपमहानगरपालिका वडा न १२ स्थित हनुमानगढीको लागि प्रस्थान गर्नेछ । मिथिला बिहारी नगरपालिका वडा नं ८ स्थित मिथिला बिहारी मठबाट डोला उठेपछि १५ दिवसीय मध्यमा परिक्रमाको सुभारम्भ हुनेछ ।

मिथिला बिहारीको डोला हनुमानगढीबाट बिहान भारतको कल्याणेश्वरको लागि प्रस्थान गर्ने छ । कल्याणेश्वरबाट भारतको फुलहर (गिरिजास्थान) हुँदै मिथिला बिहारीको डोला महोत्तरीको मटिहानी आइपुग्ने छ । मटिहानीबाट जलेश्वर, मडै, ध्रुवकुण्ड र महोत्तरीको अन्तिम बासस्थान कंचनवन आइपुग्ने छ । आउँदो मिथिला मध्यमा परिक्रमा धनुषा प्रवेश गर्नेछ ।

धनुषाको पर्वतापछि धनुषाधाम परिक्रमायात्री आइपुग्नेछ । धनुषाधामबाट परिक्रमा सतोषर प्रस्थान गर्ने छ । सतोषरबाट परिक्रयाको लस्कर औरहीको लागि प्रस्थान गर्ने छ । औरहीबाट भारतको करुणा बास बसेर बिसौलमा बास बस्ने छ । परिक्रमा वासि जनकपुरधाम आइपुग्ने छ । अन्तगृह परिक्रमा गरेर १५ दिवसीय परिक्रमाको समापन हुनेछ । परिक्रमाको समापन भएपछि मिथिलामा होली पर्व मनाउने गरिन्छ ।

प्रतिक्रिया





Top