सिरहामा एक महिलाको लास फेला,अनुसन्धान जारी

न्यूज डेस्क     २०७८ फाल्गुन १९, बिहीबार १८:०१ बजे मा प्रकासित


मिर्चैया । सिरहा जिल्लाको कजन्हा नगरपालिकामा शंकास्पद लास फेला परेको छ। कजन्हा नगरपालिका वडा नं ७ का अध्यक्ष जयकिशोर साहले बताए मरेबामा अन्दाजी २५ बर्षीय महिलाको शंकास्पद मृत्यु भएको शाव फेला परेको छ।

शंकास्पद मृत्युु भएको महिलाको नाम वतन खुलेको छैन ।महिलाको घाटीमा घाट बाधेको लास कहाँको छ भने मलाई थाहा नरहेको वडा अध्यक्ष साहले बताए । शंकास्पद लासलाई मिर्चैयाको डिएसपीकाे राेहबरा हाव लगेको बताए ।

सो शंकास्पद महिलाको मृत्युु बारे मिर्चैयाको डिएसपीले भने कर्जन्हा नगरपालिका वडा नं ७ अन्दाजी २४/२५ बर्षीय महिला फेला परेको छ ।मृत्युु कसरी भएको छ? को हो त्यो थाहा हुन सकेको छैन ।शंकास्पद लासको पोस्टमार्टमको लागी लहान पठाएको र अनुसन्धान क्रम जारी रहेको मिर्चैया डिएसपी हरि बहादुर ओलिले बताएका छन ।

प्रतिक्रिया





Top