जनकपुरधाम । धनुषा जिल्लाको जनकनन्दनी गाउँपालिकामा चौथो अध्यक्ष गोल्डकप फुटबल टुर्नामेन्ट हुने भएको छ । जनकनन्दनी गाउँपालिका वडा नं. ४ खजुरीमा चौथो गोल्डकप फुटबल टुर्नामेन्ट यहि फाल्गुन २६ गते विहिवारदेखि शुरु हुन लागेको छ ।
चैत २ गतेसम्म संचालन हुने सो टुर्नामेन्ट प्रत्येक दिन दिउँसो २ बजेदेखि शुरु हुने प्रतियोगिताका सहआयोजनाकले जनाएको छ । टुर्नामेन्टका सबै खेल खजुरीको परसाहा खेल मैदानमा हुने स्थानीय सुनिल कुमार पासवानले जानकारी दिएका छन् ।
सो टुर्नामेन्टमा देशभरिकै ८ वटा टिमको सहभागिता रहेको छ । टुर्नामेन्टमा स्थानीय श्री महावीर स्पोर्टस क्लव खजुरी, युनाइटेड क्लव शिवान (विहार), सल्हेश युवा क्लव सिरहा, आदिवासी फुटबल क्लव धनवाद (झारखण्ड) डाँगीहाट फुटबल क्लव बेलवारी १० भाउने मोरंग, एपिएफ बर्दिवास, वीरगंज युथ क्लव पर्सा र बनारस योंङ्ग मैन एशोसिएसन बनारस गरी जम्मा ८ वटा टिमको सहभागिता रहेको सह आयोजक महावीर स्पोर्टस क्लव (ःक्ऋ) खजुरीले जनाएको छ ।
सो टुर्नामेन्टमा प्रथम हुने टिमलाई शिल्ड, प्रमाण पत्र, मेडल सहित नगद एक लाख रुपैयाँ पुरस्कार प्रदान गरिने छ भने दोस्रो हुने टिमलाई प्रमाण पत्र, शिल्ड, मेडल सहित नगद ५० हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । टुर्नामेन्ट जनकनन्दनी गाउँपालिका खजुरीको आयोजनामा हुनेछ ।
प्रतिक्रिया