बुवा नै दानब सिरहामा आफ्नै बुवाद्धारा १४ वर्षीया बालिका बलात्कृत

मधेशपाटी अनलाइन     २०७८ फाल्गुन २१, शनिबार १०:४१ बजे मा प्रकासित


सिरहा । सिरहामा आफ्नै बाबुबाट १४ वर्षीया बालिका बलात्कृत भएकी छन् ।

बलात्कार गरेको आरोपमा प्रहरीले धनगढीमाई नगरपालिका वडा नम्बर १२ कुशमाहा बस्ने ३२ वर्षीय पुरुषलाई शुक्रबार बिहान पक्राउ गरेको हाे ।

घरमा कोही नभएको अवस्थामा ती पुरुषले आफ्नै छोरीलाई बिहीबार साँझ बला त्कार गरेको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया





Top