एमाले सरकार बनाए देशमा जनताको लागि पहिलाझै बिकासको आंधिबेरी ल्याउछ :पुर्व मन्त्री महासेठ

न्यूज डेस्क     २०७८ फाल्गुन २२, आईतवार ०७:३० बजे मा प्रकासित


जनकपुरधाम । नेकपा एमालेको सचिव रघुविर महासेठले देशको दुई कित्ता मध्ये कुन उचित जनताले रोज्नुपर्ने बेला आएको बताएका छन् । धनुषा जिल्लाको मिथिला विहारी नगरपालिकाको एमाले नगर कमिटिको अधिवेशनलाई सम्बोधन गर्दै पुर्व उपप्रधानमन्त्री समेत रहेका नेता महासेठले
एमाले सरकार बनाए देशमा जनताको लागि पहिलाझै बिकासको आंधिबेरी ल्याउछ विकासको स्पष्ट भिजन बोकेको एमाले रोज्ने भन्ने जिम्मा जनतालाई रहेको बताए ।
एमाले नेतृ जुली महतो र नेता रामचन्द्र मण्डलले एमाले बलियो रहेको डरले चारदल मिलेर चुनाव लडने योजना बनाइरहेको भएपनि तर पनि हारेको खण्डमा ति दलहरुको अस्तीत्वनै समाप्त हुने खतरा भने रहेको बताएका छन् ।

अधिवेशनले मिथिला विहारी नगर कमिटिको गठन समेत गरेको छ । नवगठित कमिटिको सपथ ग्रहण समेत गराइएको छ ।

प्रतिक्रिया





Top