मिथिलामा महाकुम्भ १५ दिन मध्यमा परिक्रमा एक महिलाको मृत्यु

मधेशपाटी अनलाइन     २०७८ फाल्गुन २३, सोमबार २२:२८ बजे मा प्रकासित


जनकपुरधाम । मिथिला माध्यमिकी परिक्रमामा बेहोस भएर एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा १५ दिने मिथिला मध्यमा परिक्रमामा सहभागी भारत बिहारको मधुवनी जिल्ला भाईसपट्टी थाना बासुपट्टी बस्ने राजेन्द्र साहकी श्रीमती ५० वर्षीया प्रमीला देवी साह छन् ।

महोत्तरीको मठिहानी पडाव स्थलबाट जलेश्वरको लागि निस्केको परिक्रमा अन्तर्गत अज बिहान ९ बजेर १० मिनेटमा जलेश्वर नगरपालिका २ साउजीपटी नजिक पोखरीमा नुहाउने क्रममा रिंगाटा लागेर उनी बेहोस भएकी थिइन् ।

उपचारको लागि जलेश्वर स्थित शान्ति कम्युनिटी अस्पताल जलेश्वरमा लगिएको ९ बजेर २५ मिनेटमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

उनको शव पोस्टमार्टमको लागि जलेश्वर अस्पतालमा लगिएको र घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया





Top