अमित ठाकुर,रौतहट ।रौतहटमा संग जोडिएको भारत नेपाल बोर्डर एरियाबाट तस्करी सुरु भएका छन्। बजार सँग सिमा जोडिएको जयनगर,लतमडी,रामपुरखाप,नरकटीया नाकाबाट सँगठीत तस्करहरुले तस्करी शुरु गरेका छन। तस्करहरुले लाखौं रुपैया राजश्व तिर्नु पर्ने ठाँउमा चोरीपैठारी तथा आन्तरिक सेटिङ्गमा तस्करहरुले तस्करी सुरु गरेका छन्।
तस्करहरुले भार्तीय बजारमा पर्ने मुल्यको १५ देखि २० प्रतिशत कैरिङ्ग रकम लिई तस्करी सुरु गरेका छन्। रौतहटमा केही तस्कर नाईकेहरु दैनिक लाखौं रुपैया बराबरको कपडा, खाद्यान्न तथा मेशिनरी पार्टसको तस्करी शुरु गरेका छन । रौतहटको ईशनाथ नगरपालिकाका कान्छा भन्ने अोसि अख्तर, रयिस मियाँ, बराखत मियाँ र शेख इन्ताजले रामपुर खाप, नरकटिया,जयनगर, लतमडी नाकाबाट प्रतिबन्धित सुखा पत्ता,रङ्गा भैंसी,कपडा,इलेक्ट्रोनिक समान,स्वाउ,चिनी,बाख्राहरुको तस्करी आन्तरिक सेटिङ्गमा तीब्र रुपमा सुचारु गरिएको हो।
ती नाकाबाट राति १० बजे देखि ४ बजे सम्म तस्करहरुले तस्करी गरिरहेका छन्। कान्छा भन्ने अोसि अख्तरको नाम तस्करीमा मुख्य नाईकेको रुपमा र तस्करीको लाईनरको रुपमा चिनिने गरेको स्थानीयले बताएका छन्। रौतहटमा सिभिल टोलीहरु पुरानै हुँदा तस्करहरुले तस्करीमा तीब्र रुप लिएको एक ब्यपारीले बताएका छन्। यसै गरी रौतहटको पश्चीमी नाका बंकुल बाट खानेतेल, चिनी, दाल, कपडा, मोटर तथा स्पेयर पार्टस तस्करी हुने गरेको छ । सिमावती भारतीय बजार घोडासहन बाट झरोखर पोखरी हुदै नेपाली सिमामा तस्करहरुले सामान भित्राउने गर्दछन ।
यसरी आएको सामान बंकुल बाट सोनरनिया, शितलपुर बैरगनिया हुदै कटहरीया बजार सम्म पुग्ने गर्दछ । तस्करीको मामिलामा रौतहट बर्षौं देखि बदमान हुँदा पनि स्थानीय प्रशासनले तस्करी रोक्न सकेका छैन्। रौतहटमा बारम्बार पुरानै सिविल प्रहरी प्रयोग गर्दा रौतहटमा तस्करी नियन्त्रण गर्न नसकेको स्थानीयले बताउँछन् ।
प्रतिक्रिया