साउदी ।मधेश प्रदेशको धनुषा जिल्लास्थित धनुषाधाम नगरपालिका वडा नम्बर ४ लक्ष्मीपुर बस्ने किशोरी पण्डितको छोरा रामलाल पण्डितलाई साउदीस्थित कम्पनीले ५५०० साउदी रियाल (१ लाख ८० हजार रुपैयाँ नेपाली) फाईन गरेपछि उनी तिर्न नसक्दा जेल जाने अवस्था सृजना भएको छ ।
करिब १८ महिनाअघि खाडी मुलुक साउदी कमाउन गएका धनुषाका एक व्यक्ति ५५०० रुपैयाँ साउदी रियाल तिर्न नसक्दा १० बर्ष जेल हुन सक्ने बताएको छ ।
तीन छोराछोरीको बुवा रहेका रामलाल करिब १८ महिनाअघि साउदीस्थित ओजिन इन्टरनेश्नल नामक कम्पनीमा कार्यरत रहँदा उनी भागेर अर्को कम्पनीमा काम गर्न थालेपछि उनलाई फाईन हानेको हो ।
घरको आर्थिक अवस्था अति कमजोर भएपछि वैदेशिक रोजगारीमा साउदी गएका पण्डितले केही दिनमै विरामी परेपछि कम्पनीले उनलाई औषधी उपचार नगरिदिएपछि बाध्य भएर अर्को कम्पनीमा काम गर्न भागेका थिए ।
कार्यरत कम्पनीले पण्डित अन्य कम्पनीमा भागेको सूचना पाएपछि उनलाई साउदीको ५५०० रियाल फाईन गरेको बताइएको छ । कम्पनीले फाईन गरेपछि अर्को कम्पनीमा समेत काम नपाएपछि उनी अहिले साउदीमै अलपत्र परेका छन् भने जेल जाने अवस्था सृजना भएको हो ।
फाईन लागेपछि अलपत्र परेका रामलाललाई खान बस्न समेत केही उपलब्ध नभएपछि उनी साउदीस्थित पुलको मुनी जीवन विताउन बाध्य भएको बताइएको छ । यो देखेर एक नेपालीले उनलाई उठाएर केही दिनको लागि आफ्नो कोठामा आश्रय दिएपछि उनी अहिले जिउँदो छन् ।
यद्यपी, उनी काम गरेको कम्पनीले उनीमाथि मुद्दा गरेपछि त्यहाँस्थित लेवर कोर्टले उनलाई फाइन भर्नको लागि बोलाएको बयान पण्डितले मोबाइल मार्फत दिएका छन् । उनले समयमै फाईन नभरे उनलाई जेल पठाउने सम्भावना अधिक रहेको बताइएको छ ।
यता, गाउँमा उनको श्रीमती चारैतिर गुहार लगाई रहेको छ तर पैसाको उपाय हुनसकेको छैन । सार्वजनिक (ऐलानी) जग्गामा बसेको कारण पण्डित परिवारलाई कसैले ऋण समेत दिन मानेको छैन ।
पण्डितलाई सहयोग र जेल जानबाट जोगाउनको लागि साउदीस्थित नेपाली राजदुतावासमा समेत खवर गएको तथा आर्थिक सहयोग गर्न नमिल्ने जवाफ आएको बताइएको छ ।
उनले मात्र ५५०० रियाल नदिए १० बर्षसम्मको लागि जेल हुने भएकोले विदेशमा काम गर्ने नेपालीहरुसँग आर्थिक सहयोगको अपिल गरेका छन् ।
विदेशमा रहेको हेल्प मधेशी, गैर आवासीय मधेशी सँघ, नौसयविघा युवा सेवा समाज समूह लगायतका सँस्थाहरुसँग समेत आर्थिक सहयोगको अपिल गरेका छन् ।
उमेश बचाउ अभियानमा जनकपुरका सरोज रायले उठाएको थप रकमबाट सहयोग गर्न मिल्ने भएपनि उनलाई रायले भने बचेको रकमबाट सहयोगको कुनै सँकेत देखाएका छैनन् । न्युज ब्युरो
उनलाई सहयोग गर्नको लागि साउदीमा
पीडित रामलाल पण्डितको मोबाईल नम्बरः +966 56 350 9113
गाउँमा श्रीमतिको मोबाईल नम्बरः 9822004409
प्रतिक्रिया