हरेक वडामा बिकास बिरोधि हुन्छ ‘तर बिकास प्रेमीले बिकास गर्छ :मेयर यादव

न्यूज डेस्क     २०७८ फाल्गुन २५, बुधबार १२:२२ बजे मा प्रकासित


मिर्चैया ।नेपालमा लागू भएको पहिलो पटकको स्थानीय तहको निर्वाचनमा जनताको बहुमुल्य मत प्राप्त गरेर जनप्रतिनिधि भएको सिरहा जिल्लाको मिर्चैया नगरपालिकाको मेयर श्रवण कुमार यादवले मिर्चैया नगरपालिका वडा नं ४ कुथनमा गाउँलाई नमुना गाउँ बनाउने भनिएको छ।

विगत कयौं वर्ष देखि वडा नं ४ गाउँमा बिकासको लागि नगरपालिकाले बजेट दिँदा पनि बिकास गर्न अबरोध गरिरहेको छ।केही व्यक्तिहरुले बिकास नगर्न पटक पटक बाध्य दिदै पनि मेयर यादवले गाउँमा कृषि सडक ,केही स्थानहरुमा आर.सि.सि ढलान गरिएको मेयर यादवले बताए ।

मेयर यादवलाई अन्तरबार्तामा सोध्दा मिर्चैया नगरपालिका नं ४ कुथनाम गाउँमा बिकास कम बिबाद बढी र बजेट फिर्ता बढी किन भएको होला हो?मेयर यादवले त्यो गाउँ बिबादित भए पनि बिकास नगराउने कहाँ होइन र बिकास गराउनु पर्छ र मैले गराएको छु मेयर यादवले भने ।

सत्यतथ्य के हो कुथनमा गाउँको जनतालाई बुझ्दा हुन्छ।नगर स्तरको अघिको वर्षमा ३५ लाखको लगानीमा मैले ढलान गरे ।विभिन्न कृषि सडक,सडक बन्ने ।बन्ने क्रममै धेरै बिकास गर्न कठिनाइ पनि भए ।बिकास सहज तरिकाले गर्न,उपभोक्ता र बिकास छनोट गर्न ठाउँ , यसमा पनि एउटा अवस्था बिबादित बिबादित देखिएको थियो ।

त्यो गाउँमा बिकास गर्न वडा अध्यक्ष ,सदस्यहरुको दायित्व हो गराउनु पर्छ मैले भने।तर त्यहा एउटा संरचना नै यस्तो छ कि चार सदस्य एउटा संगठनबाट,अध्यक्ष एउटा संगठनबाट भएको हुँदा दुबैभित्र पनि तालमेल मिलाएर बिकास गर्ने ,योजना दिने र के गर्दा राम्रो हुने , एकता मिलाएर बिकास गराउने जुन दायित्व हुनु पर्ने त्यो अध्यक्षमा नरहेको मेयर यादवले बताए ।

 

त्यो वडाको एउटा संगठन नै यस्तो छ कि आधा कुथनमा केही बस्ती मिर्चैयाको गद्दी रोड दुई वटा टोल देखिएको छ। वडा अध्यक्षको घर गद्दी रोडमा र चार सदस्यहरुको घर कुथनमा टोलमा भएकोले
बजेट बाडँफाट गर्न पनि एक थरीका चार सदस्यले बढी बजेट कुथनमा ,अध्यक्षले बजेट आधा आधा दिनुपर्नेमा पनि बिबादित देखिदै आएको छ।

यस बर्ष पनि वडा नं ४ मा एउटा कल्भट बनाउने योजना थियो।जुन कल्भटले पुर्व-पश्चिम टोललाई जोडने गरि बनाउने कल्भटले दुबै टोलालाई सहज हुने गरी बनाउने कल्भटमा पनि केही व्यक्तिहरुले सो कल्भटमा बिबादित गरिएकोले त्यो कल्भटको बजेट मिर्चैया कल्याणपुर रोडमा जोडिएको पश्चिमतर्फ सडकमा सडक निर्माण र केही दुरीको नालामा बजेट लगाउन बाध्य भएको मेयर यादवको भनाइ रहेको छ ।

हरेक वडामा बिकास प्रेमी ,बिकास बिरोधि हुन्छ नै समाजमा केहि समयसम्म बिकासमा अवरोध आउन सक्छन् तर बिकास नै नहुने पनि होइन एक दिन बिकास प्रेमीको नै काम आउछ । बुद्धिजीवी ,समाजसेवीहरुलाई बिकास गराउन अगाडि बढनु पर्छ कि केही समयसम्म कठिनाइ हुन्छ तर बिकास गराउनु पर्छ ।

गाउँमा भैरहेको बिबादितलाई अन्ततः गर्नु पर्छ ।जनचेतना फैलाउनु पर्छ सबैलाई मिलेर बिकास गराउनु पर्छ र मैले कुथनामा गाउँलाई एउटा नमुना गाउँ बनाउने सोचमा पनि छु मेयर यादवले बताए ।

प्रतिक्रिया





Top