नेपाली काँग्रेस धनुषाको मतदानको मिति सारिए

न्यूज डेस्क     २०७८ फाल्गुन २६, बिहीबार १६:४५ बजे मा प्रकासित


जनकपुरधाम । नेपाली काँग्रेस धनुषाको मतदानको मिति सारिएको छ । विहिबार नै हुने भनिएको दोस्रो चरणको चुनाव शुक्रबार हुने भएको छ ।

नेपाली काँग्रेस धनुषामा सभापतिको लागि उम्मेदवारी दिएका योगेन्द्र पजीयार, सँतोष यादव र दिनेश प्रसैला मध्ये दिनेश प्रसैला सबभन्दा कम मत ल्याएर आउट भएपछि उनले बुधबार साँझ पत्रकार सम्मेलन गरी योगेन्द्र पजीयारलाई नै समर्थन जनाएको हो ।

सोही क्रममा विहिबार बिहान ८ बजेदेखि हुने भनिएको दोस्रो चरणको चुनाव सभापतिको उम्मेदवारहरुबीच सहमतिको आधारमा अब शुक्रबार बिहान ८ बजेदेखि चुनाव हुने जनाईएको छ ।

 

नेपाली काँग्रेसका निर्वाचन अधिकृत अरुण कुमार ज्ञवालीका अनुसार, विहिबार नै हुने भनिएको दोस्रो चरणको चुनाव अब शुक्रबार बिहान ८ बजेदेखि पुनः सुरु हुने भएको छ ।

जनकपुरधामको तिरहुतियागाछीमा नेपाली काँग्रेस जिल्ला कार्य समिति धनुषाको निर्वाचन प्रक्रिया अन्तर्गत मतदान हुने भएको छ ।

प्रतिक्रिया





Top