विश्वकै लामो १५ दिने माध्यमिकी परिक्रममा आज (सताेषर) सप्तेश्वरनाथ महादेव सहभागी (तस्बिरहरु)

न्यूज डेस्क     २०७८ फाल्गुन २९, आईतवार १५:२० बजे मा प्रकासित


समभु पण्डित,जनकपुरधाम । मधेशकाे महाकुम्भ मानिने १५ दिन मिथिला विहारी माध्यमिकि परिक्रमा आज श्रीरामजीको डोलि सहित धनुषाको सबैला नगरपालिका स्थित बहुधार्मिक,बहुचर्चित (कुशमाहा) सतोषर धाममा आइतबार आज विश्राम गर्ने भएको छ।

परिक्रमामा सहभागीहरुले “माथा पर मोटरी जय सियाराम, हरदम बोलु जय सिया राम” भन्दै हिँड्ने गरेको स्थानीयले बताएका छन् ।

मिथिलाको लोकप्रिय १५ दिने मिथिला माध्यमिकी परिक्रमा आइतबार सताेसर जादै परिक्रमामा आएका श्रद्धालुभग्तजनहरु लाई स्वागत गरेको छ ।

फाल्गुन औंसीको दिनदेखी विधिवत रुपमा सुरु भई नेपाल र भारतको १५ वटा विश्राम स्थलहरुमा सीतारामको डोलासंगै पेदल यात्रा गर्ने लाखौं श्रद्धालुभग्तजनहरु भिड सहित आज सतोषरधाम आइपुग्दा सतोषर सेवा समिति र मटहि,मखनाहा,सबैला,गाेेबिन्दपुर गाउ गाउका बासि लगायतकाले भब्य स्वागत गरेका छन । जताततै गाउँ बासि द्वारा सेवा गरिदै ।

परिक्रमा बासिकाे लागि सबैला नगरपालिकाका नगर प्रमुख मेयर बिजय शंकरप्रसाद साह संग पत्रकार शम्भु पण्डितले संक्षिप्त कुराकानी गर्दा भने परिक्रमा बासि लागि नगरपालिकाले प्रतेयक बर्ष काेष छुट्टयाएको हुन्छ जसमा दुइ लाख रकम बिनयाेजन गरेको बताए । दही चुरा चिनि पानि चापाकल लगायतका ब्यबस्था गरिएको र यस्काे जिम्मेवारी सताेषर सेवा समिति लाई दिएको बताए ।

प्रतिक्रिया





Top