बच्चा ‘चोरेर’ एकान्तमा लगी बलात्कार पछि हत्या

मधेशपाटी अनलाइन     २०७८ फाल्गुन ३०, सोमबार १२:४६ बजे मा प्रकासित


जनकपुरधाम । डेढ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको अभियोगमा मोरङ प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।

मोरङको बेलबारी–८ की ती बालिकालाई घरमा कोही नभएको बेलामा चोरेर एकान्तमा लगी बलात्कारपछि हत्या गरेको अभियोगमा प्रहरीले सुन्दरहरैचा नगरपालिका–७ का २५ वर्षीय अजय चौधरी र २८ वर्षीय मिथुन चौधरीलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मञ्जिल मुकारूङका अनुसार अभियुक्तहरूले फागुन २७ गते घरबाट बच्चालाई चोरेर सुन्दरहरैचा नगरपालिका वडा नम्बर ७ स्थित गणेशपुरको वनमारा र बयरघारीमा लगेर बलात्कार गरेको खुलेको छ ।

घटनास्थल बालिकाको घरदेखि १५० मिटर उत्तर पश्चिम दिशामा रहेको छ ।

बालिका एकाएक हराएपछि खोजी गर्ने क्रममा परिवारले गम्भीर अवस्थामा बच्चालाई फेला पारेर उपचारका लागि नोबेल अस्पताल विराटनगर लगेकामा २८ गते मृत्यु भएको थियो । प्रहरीका अनुसार घटनास्थलबाट बालिकाको सुरुवाल खुल्लै थियो भने टाउकोको दायाँ बायाँ सुन्निएको थियो । यस्तै योनिमा केही रगत जस्तो देखिने पदार्थ आएको थियो ।

गाँजाको सुरुमा बलात्कार पछि हत्या

फागुन २७ गते दिउँसो अन्दाजी ३ बजेको समयमा अजय चौधरी गछिया खोलामा बालुवा चाल्दै थिए । सोही क्रममा उनका दाइ मिथुन भेट भएपछि उनीहरुले केरा बगानमा गई गाँजा खाएका थिए । गाँजा खाई सकेपछि नशाको सुरमा अजय चौधरीले पहिला पनि बच्चालाई घरमा एक्लै देख्ने गरेको हुँदा त्यो बच्चा ल्याउँछु भनेर हिँडेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

त्यसपछि उनले बच्चालाई चोरेर बनमारा झाडीमा लगेको प्रहरीको भनाइ छ । अजय चौधरीले बलात्कार गरेको र बालिका रुन थालेपछि पीडितको टाउकोमा बियरको बोतल तथा ढुंगा समेतले हानेको प्रहरी अनुसन्धानबाट खुलेको छ । तत्पश्चात् मिथुन चौधरीले समेत करणी गरी पीडितलाई सोही स्थानमा छाडी फरार भएका थिए । घटनाको अनुसन्धानपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेर आइतबार सार्वजनिक गरेको हो । रातोपाटी

प्रतिक्रिया





Top