डा. सिके राउत नेतृत्वको जनमत पार्टीका लागि एक सव–इन्जिनीयरले सरकारी जागिर छाडे

मधेशपाटी अनलाइन     २०७८ फाल्गुन ३०, सोमबार १२:४८ बजे मा प्रकासित



जनकपुरधाम । डा. सिके राउत नेतृत्वको जनमत पार्टीका लागि एक सव–इन्जिनीयरले सरकारी नोकरी छाडेका छन् ।

डा. राउत नेतृत्वको जनमत पार्टीको माध्यमबाट सेवा गर्ने भन्दै काठमान्डौँस्थित टोखा नगरपालिकामा कार्यरत एक सव ईन्जिनीयरले सरकारी नोकरी छाडेका हुन् ।

टोखा नगरपालिका मँजुहिटी काठमान्डौँमा कार्य गर्दै आएका पाँचौ तहका सव ईन्जिनीयर जागेश्वर साह तेलीले पदबाट राजीनामा दिएका छन् । उनी पदबाट राजीनामा दिँदै अब जनमत पार्टीसँग काम गर्ने बताएका छन् ।

समाजिक सँजाल फेसबुकमा उनले स्वचेच्छिक राजीनामा दिएर डा. सिके राउत नेतृत्वको जनमत पार्टी आदेश बमोजिम काम गर्ने उल्लेख गरेका छन् ।

“आज विधिवत रुपबाट राजिनामा स्वीकृत भयो ।आज देखिनै जनमत पार्टिको काम पुर्णकालिन सदस्य भएर पार्टीको निर्देशन बमोजिम काम गर्ने छु। अपन घर्ती,अपन राज ,जय जनमत ,जय स्वाराज, डा. सि. के. राउत जिन्दाबाद ।”

 

यता, सव इन्जिनीयर साहले सरकारी जागिर छाडेर जनमत पार्टीमा विधिवत रुपमा आएपछि उनलाई स्वागत गर्दै हौसलाको प्रशँसा गरेको छ ।

यता, डा. सिके राउतले “ भनेर लेखेका छन् । ‘बधाई, छ। अधिकांश मान्छेले आफ्नो पूरै जीवनकालमा पनि यति हिम्मत जुटाउन सक्तैनन् र 9-5 को चक्रब्यूहमा पेलिँदापेलिँदै परलोक सिधार्छन्। बाँकी जीवनकाल जनताको सेवामा बितोस्। शुभकामना’

ज्ञातव्य छ, तराई मधेशको विभिन्न जिल्लामा डा. सिके राउतप्रतिको क्रेज दिनानुदिन बढदै गएको छ । अन्य राजनीतिक दलबाट आजित भएका जनताहरुले जनमत पार्टी र डा. सिके राउतलाई अवसर प्रदान गर्ने तर्फ अग्रसर रहेको छ ।

प्रतिक्रिया





Top