जनकपुरधाम । सेवाग्राहीबाट घुस लिएको आरोपसहित स्वतः निलम्बनमा परेका जनकपुरका एक वडाध्यक्षलाई विशेष अदालतले सफाई दिएको छ ।
वर्षको असोज १५ गते जनकपुरधाम उपमहानगरपालिका– १३ का वडाध्यक्ष शुभनारायण मण्डलले आफ्नो पियनमार्फत सेवाग्राहीसँग घुस लिएको आरोपमा विशेष अदालतमा आरोपत्र दायर भएपछि उनी स्वतः निलम्बनमा परेका थिए ।
नागरिकता प्रमाणपत्रको सिफारिस गर्न घुस लिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा उनी विरुद्ध गत वर्ष आरोपपत्र दायर गरेको थियो ।
विशेष अदालतमा सुनवाइपछि उनलाई सफाइ दिइएको हो । विशेष अदालतबाट सफाइ पाएपछि मण्डलले नेपालको न्याय प्रणाली प्रति पहिलेदेखि नै विश्वास रहे पनि अब त्यो विश्वास झनै बढेको प्रतिक्रिया दिए ।
उनले भने, ‘नेपालको न्याय प्रणालीमाथि मलाई विश्वास थियो, त्यसैले आज म विशेष अदालतबाट सफाइ पाएको छुँ ।’
प्रतिक्रिया