सिरहामा जन्ती बोकेको गाडी रुखमा ठोकिंदा धनुषाका एकको मृत्यु , दुलहा सहित ४ घाईते, एकको अवस्था चिन्ताजनक

न्यूज डेस्क     २०७८ फाल्गुन ३०, सोमबार १४:१७ बजे मा प्रकासित


सुरेश राय,सिरहा । दुलहा सहित जन्ती बोकेको कार रुखमा ठोकिदा एक जनाको मृत्यु भएको छ । दुलहा सहित चार जना घाइते भएका छन्, जसमध्यय एको अवस्था गम्भिर रहेको छ ।

जतिबोकेर धनुषाको कमला नपा १ बेतहाबाट सिरहाको लक्ष्मीपुर पतारीको लागि आउँदै गरेको बी.आर ०७ एम ३०६३ नम्बरको भारतिय नक्वरको कार वीतेराती चोहर्वा सिरहा सडकको नरहा गापा ३ खोरियानजीक रुखमा ठोकिंदा दुलहाको दाजु २२ वर्षिय धिरज मण्डललको मृत्यु भएको हो ।

 

प्रहरीका अनुसार दुलहा रोशन मण्डल, अन्दाजी बर्ष १२ का आयुष मण्डलको अबस्था सामान्य रहेको प्रहरीको भनाई रहेको छ । गम्भिर घाइते २७ वर्षिय सोभलाल मण्डललाई थप उपचारका लागि बिराटनगर लगिएको जनाएको छ ।

 

गाडिका चालक फरार रहेको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । प्रहरीले अत्यधिक गतिका कारण दुर्घटना भएको अनुमान गरेपनि घटनाबारे थप अनुसन्धान भईरहेको र ड्राइभरको खोजी भईरहेको जनाएको छ ।

प्रतिक्रिया





Top