सिरहा । सिरहा प्रशासनले होली पर्वमा चर्को साउण्डमा डिजे बजाउनेलाई कारवाही गर्ने भनेर सूचना जारी गरेको छ ।
जिल्ला प्रशासन कार्यालय सिरहाले सोमबार एक सूचना जारी गर्दै होली पर्वमा चर्को साउण्डमा डिजे बजाएर उच्छृँगल गतिविधि गर्नेहरुलाई कानुनी कारवाहीको चेतावनी दिएको छ ।
होलीमा पक्का रँग अर्थात नमेटिने रँग लगाउने, लोला हान्ने, जिस्काउने, नशालु पदार्थहरु खाने खुवाउने, मापसे गरी सवारी साधन चलाउनेलाई कानुन बमोजिम कारवाही गर्ने चेतावनी दिएको हो ।
सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीद्धारा हस्ताक्षरित सूचनामा जथाभावी रँग लगाउनेलाई पनि कारवाहीको दायरामा ल्याउने चेतावनी दिएको हो ।
होली भन्दै गोबर लगाउने, माटो लगाउने, अरुलाई जिस्काउने, सार्वजनिक स्थलमा हो हल्ला गर्ने, कसैको नीजि जीवनमा कुनै प्रकारको नाकारात्मक असर पार्ने गरी उच्छृँगल गतिविधि गरेको पाइएमा कानुनी कारवाही गर्ने बताएका छन ।
तराई मधेशमा आउँदो चैत्त ४ गते होली पर्व मनाउने भएको छ भने पहाडी जिल्लाहरुमा ३ गते नै होली पर्व मनाउने नेपाली कलेण्डरमा उल्लेख रहेको हाे । तस्बिर संकेतिक राखिएको छ ।
प्रतिक्रिया