कांग्रेसका नेता कर्याकर्ता एमाले रोज्दै : पोखरेल

मधेशपाटी अनलाइन     २०७८ चैत्र १, मंगलवार ०७:०२ बजे मा प्रकासित


जनकपुरधाम । जनकपुरधाममा एमाले धनुषाको सातौं जिल्ला कमिटि अधिवेशनको समुदघाटन गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले बुढेसकाल सम्म कांग्रेसमै विताएका पाको नेताहरु एमाले रोजेको र छिट्टै प्रवेश गर्ने दावी गरेका छन् । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले कांग्रेसका दिग्गज र पाको नेताहरु एमालेमा आइरहेको दावी गरेका छन् ।

तराई मधेशको विकास नभए सम्म देश खुसी र स्मृद्व हुन नसक्ने बताउदै पोखरेलले पार्टीको आदेशानुसार काम गर्न नेता कार्यक्रताहरुलाई आग्रह गरेका छन् । कार्यक्रममा एमालेका सचिव रघुविर महासेठले तराई मधेश र हिमाल पहाडमा एमालेको लहर छाएको बताएका छन् । देशको विकास एमालेको नेतृत्वमा मात्र सम्भव रहेको देखेर कम्न्यिुष्टको नाम समेत सुन्न नचाहने हरेक क्षेत्र र भुगोलमा एमालेको क्रेज बढदै गएको उनको तर्क छ ।


कार्यक्रममा नेतृ जुली महतो, ज्वाला साह नेताहरु रामचन्द्र मण्डल, राजकिशोर यादव, गंगाराम यादव सहितको उपस्थिती थियो ।

प्रतिक्रिया





Top