मोटरसाइकल चोरी गरेर भाग्दै गर्दा दुई युवक पक्राउ

मधेशपाटी अनलाइन     २०७८ चैत्र १, मंगलवार ०७:३५ बजे मा प्रकासित


जनकपुरधाम । जनकपुरधामबाट मोटरसाइकल चोरी गरेर भाग्दै गरेका दुई युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिरहाको मिर्चैया नगरपालिका वडा नं. २ का २० वर्षीय अर्जुन यादव र १९ वर्षीय दिपेन्द्र यादव रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

शनिवार राति करिब ११ बजे जिल्ला प्रहरी कार्यालयबाट खटेको गस्ती टोलीले जनकपुरधाम उपमहानगरपालिका वडा नं. ५ महाविर चोक स्थितबाट दुबैजनालाई शंकाको आधारमा सोधपुछ तथा अनुसन्धान गर्दा मोटरसाइकल चोरी गरेर भाग्दै गरेको खुलेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक जितेन्द्र बस्नेतले बताए ।

प्रदेश २–०३–००९ प २९२६ नम्बरको सुपर स्पलेणडर मोटरसाईकल र बा ९६ प ९७८० नम्बरको मोटरसाईकल महाविर चोक स्थित भित्र गल्लीमा पार्किङ गरेको अवस्थामा रहेकोमा दुबैजनाले चोरी गरेर भाग्दै थिए ।

दुबैजनालाई जिल्ला प्रहरी कार्यालय धनुषामा ल्याई चोरी सम्बन्धी मुद्दामा ७ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रतिक्रिया





Top