जनकपुरधाम । जनकपुरधाममा सम्पन्न जिल्ला अधिवेशनले यादवलाई दोस्रो कार्यकालको लागि पनि सर्वसम्मत अध्यक्ष चयन गरेको हो। नेकपा एमालेको सातौं जिल्ला अधिवेशनबाट पुनः राजकिशोर यादव अध्यक्ष बनेका छन्।
यसअघि २०७१ सालमा भएको एमालेको छैठौं जिल्ला अधिवेशनबाट पनि यादव अध्यक्ष चुनिएका थिए।
अहिले सातौं जिल्ला अधिवेशनले उनको अध्यक्षतामा एमालेको १३५ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत रूपमा चुनेको हो।
जसमा उपाध्यक्ष भोला यादव, सचिवमा तेजनारायण यादव, उपसचिव तारालाम बस्नेत र उपसचिव श्याम पुर्वे चयन भएको नवनिर्वाचित अध्यक्ष यादवले जानकारी दिए। बाँकी सबै सदस्य छन्।
प्रतिक्रिया