अजित कुमार,मिर्चैया । सिरहा जिल्लाको कर्जन्हा नगरपालिका वडा नंनम्बर ११ कर्जन्हा बजारमा आयोजना गरिएको राष्ट्रिय दलित पत्रकार संघ शाखा कार्यालय सिरहाको भवन उद्घाटन र लोक संस्कृति जगेर्ना होली महोत्सव ‘अनुप जनकपुर’ टिम सहित कार्यक्रम एक साथ धुमधाम साथ सम्पन्न भएको छ।
कर्जन्हा नगरपालिकाद्वारा आयोजना गरिएको राष्ट्रिय दलित पत्रकार संघ शाखा कार्यालय सिरहाको भवन उद्घाटन र लोक संस्कृति जगेर्ना होली महोत्सव रोचक एण्ड घोचक” कार्यक्रमको कर्जन्हा नगरपालिकाको नगर प्रमुख गंगा पासमानको अध्यक्ष्ातामा भएको भवन उद्घाटन र लोक संस्कृति जगेर्ना होली महोत्सव रोचक एण्ड घोचक कार्यक्रमको प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी ने.क.पा (माओवादको)पुर्व मन्त्री महिन्द्र पासमान, बिशिष्ट अतिथिमा मधेस प्रदेशको प्रदेश सांसद दिलिप कुमार साह , जगत यादव ,जिल्ला समन्वय समिती सिरहाको सभापति रामचन्द्र ठाकुर ,कर्जन्हा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बुद्धिमान दनुवार लगायत कर्जनहा नगरपालिकाको उपमेयर ज्ञान कुमारी श्रेष्ठ ,प्रदेश कमेटी सदस्य चन्देश्वर यादव ,मिर्चैया नगरपालिकाको नगर प्रमुख श्रवण कुमार यादव ,विभिन्न वडाका वडा अध्यक्षहरु,कार्यपालिका सदस्यहरु ,सदस्य गण ,कर्मचारीहरु र पत्रकारहरु, बुद्धिजीवी ,समाजसेवीहरु र स्थानीयहरुको कार्यक्रममा बिशेश उपस्थिति रहेको थियो ।
राष्ट्रिय दलित पत्रकार संघ शाखा कार्यालय सिरहाको भवन उद्घाटन कर्जन्हा नगर प्रमुख गंगा पासमानले रिवन काटेर उद्घाटन गरेको भवनको पुर्व मन्त्री महिन्द्र पासमान, बिशिष्ट अतिथिमा मधेस प्रदेशको प्रदेश सांसद दिलिप कुमार साह , जगत यादव ,जिल्ला समन्वय समिती सिरहाको सभापति रामचन्द्र ठाकुर ,कर्जन्हा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बुद्धिमान दनुवार कर्जन्हा नगरको उपमेयर ज्ञान कुमारेव श्रेष्ठ ,मिर्चैयाको नगर प्रमुख श्रवण कुमार यादव र पत्रकारहरु लगायत अन्य व्यक्तिहरुले भवनको अवलोकन समेत गर्नुभएका छन ।
तराई मधेसमा मात्र नभए बिश्वमा छिरेका हिन्दुहरुले मनाउँदै आएका पुरानो लोक संस्कृत पर्व होलीको सुखद अवशरमा कार्यक्रममा उपस्थिति रहेका प्रमुख अतिथि ,बिशिष्य अतिथि र अतिथिहरुले हिन्दुहरुको महान महोत्सव होलीको देश -बिदेशमा रहनु भएका दिदिबहिनी ,दाजुभाइ ,मित्रबन्धु ,जनप्रतिनिधि,सुरक्षाकर्मी,संचारकर्मि,स्वास्थ्यक्रमी,शिक्षकशिक्षिका,विद्यार्थीहरु,व्यापारकर्मी,कर्मचारी बुद्धिजीवी लगायत सर्वसाधारणमा होलीको स्वास्थ ,,खुशी र उज्ज्वल भबिष्यको सबैमा हार्दिक शुभकामना व्यक्त गर्दै आपनो संस्कृतिको लोप हुन बाट जोगाउन हाम्रो कर्तव्य हो धेरै व्यक्ताले कार्यक्रममा बताएका छिन।
प्रतिक्रिया