बाह्रविघा मैदानमा परिक्रमा यात्री अँध्यारोमै : न खानेपानी न सौचालय, न बिजुलीबत्ती !

मधेशपाटी अनलाइन     २०७८ चैत्र ३, बिहीबार २१:३१ बजे मा प्रकासित


शम्भु पण्डित ,जनकपुरधाम । मधेशको महाकुम्भ मानिने १५ दिने माध्यमिकी परिक्रमाका श्रद्धालुहरुलाई मधेशको राजधानीमै बिजोग भएको छ ।

भोली अन्तरगृही परिक्रमाको लागि जनकपुरधाम आईपुगेको परिक्रमाको धार्मिक यात्रीहरुको लागि वृहत्तर जनकपुर विकास क्षेत्र परिषदले शौचालयको व्यवस्था नमिलाउँदा बिजोग भएको छ ।

बाह्रविघा मैदानमा लगाइएको स्ट्रीट लाईट समेत नचल्दा यात्रीहरु अँध्यारोमै बस्न बाध्य भएको छ । गर्मीको सहयमा बाह्रविघा मैदानमा अस्पतालको फोहोर र विषालु सर्पहरुको बिगबिगी रहेको अवस्थामा पनि कम्तीमा बिजुली बत्ति समेत नहुँदा बिजोग भएको छ ।

मधेश प्रदेशको जनकपुरधाम उपमहानगरपालिकाको उदासिन्ताले परिक्रममा सहभागि श्रद्धालुको लागि बिजोग भएको छ । बिहीबार जनकपुर फर्केर हजारौं परिक्रमा यात्री बास बसेको ऐतिहासिक बाह्रविघा रंगभूमि मैदानमा बिना शौचालय र विजुलीबत्तीको विश्राम गरेको छ ।

बाह्रविघा मैदानमा जडान गरेको मास्कलाईट बिग्रेको छ भने विजुलीबत्तीको अन्य कुनै बैकल्पिक उपाय समेत नगर्दा श्रद्धालु अन्धकारमा बस्न बाध्य छन् ।

यस्तै अन्य वर्षमा परिक्रमा यात्री आउँदा निर्माण गरिने अस्थायी शौचालय पनि यसपटक निर्माण गरिएको छैन । बिजुलीबत्ती, शौचालय र खानेपानीको व्यवस्थापन नगर्दा बासबस्न गह्रो भएको श्रद्धालुहरुले गुनासो गरेका छन् ।

धर्मसंकृति तथा धार्मिक स्थलको संरक्षण सम्बद्र्धनको नाममा अर्बौ रुपैयाँ खर्चिने बृहत्तर क्षेत्र विकास परिषद पछिल्लो समय परिक्रमा यात्रीको व्यवस्थापन तथा विवाहपञ्चमी महोत्सवमा लापरवाह बन्ने गरेको छ ।

बाह्रविघाको कुनामा निर्माण गरिएको शौचालय मात्र संचालनमा छ । त्यो शौचालय हजारौं श्रद्धालुको लागि हातीको मुखमा जिरा भन्ने उखान जस्तै भएको छ ।

शौचालयको अभावमा श्रद्धालुहरु खुल्ला स्थानमा दिशापिसाव गर्न बाध्य छन् । बिजुली बत्ती नहुँदा कोहि श्रद्धालु टुकी बालेर त कोहि अध्याँरोमै जसोतसो बास बसिरहेका छन् भने खाने पानीको व्यवस्थापन गरेको समेत देखिएको छैन ।

अर्को बैकल्पिक व्यवस्थाका लागि लाईट जडानको माग देखिएको बताए । यधपी बाह्रविघा बाहिर सडक छेउमा काँहीकतै जडान भएको बिजुल बत्तीले यात्रुलाई केहि राहत भएको छ ।

यस बिषयमा जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साह र वडाध्यक्षसंग फोनमा सम्पर्क गर्न खोज्दा उनले फोन उठाएनन् ।

प्रतिक्रिया





Top