एसपीको संरक्षणमा भैँसी तस्करी, असुली गर्दै क्राईमका ठकुरी र साह

मधेशपाटी अनलाइन     २०७८ चैत्र ६, आईतवार २१:३० बजे मा प्रकासित


वीरगंज । पर्सामा प्रहरीकै संरक्षणमा खुलेआम तस्करी भइरहेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय पर्सा मातहतका क्राईम शाखाका इन्चार्ज विनोद सिंह ठकुरीको संरक्षणमा भैँसीको तस्करी भइरहेको पाइएको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साका एसपी रमेश बस्नेतले क्राईमका सई ठकुरी र प्रहरी जवान लालबाबु साहलाई परिचालन गरी तस्करी बापत असुली गराइरहेको स्रोतले जनाएको छ । भारतीय तस्करहरूले पर्साको ग्रामीण भेग अमरपट्टी, झौवागुठ्ठ बार्वा हुँदै तिलावे नदीको किनाराबाट परवानीपुर भैँसी बजारसम्म अवैध तरिकाले पुु¥याउने गरेका छन् भने पर्साको पश्चिमी ग्रामीण भेग पाणेपुर, जानकीटोला, महादेवपट्टीको नाकाको प्रयोग गरी भारतीय भैँसी जगरनापुरस्थित भैँसी बजारसम्म पुग्ने गरेको छ ।

सेटिङ्ग नमिलेसम्म प्रहरीले अवैध भैँसी बरामद गर्ने गरेको पाइन्छ तर तस्करहरूसँग साँठगाँठ हुने बित्तिकै प्रहरीले नै संरक्षण गरी भारतीय भैँसी नेपाल भित्रियाउने गरेका छन् । भारतीय भैँसी नेपालमा ल्याउँदा अनिवार्य क्वारैनटाईन गर्नु पर्ने हुन्छ । क्वारैनटाईन भएपछि भन्सार गराउनु पर्ने भएकोले जिल्ला प्रहरी र सशस्त्र प्रहरीलाई समेत मिलाई तस्करीको माध्यमबाट अवैध रूपमा राँगा भैँसी नेपाल भित्रिरहेको छ ।

भैँसी तस्करी त एक उदाहरण मात्र हुन । अहिले पर्साको ग्रामीण भेगको प्रयोग गरी हुण्डी, सुन–चाँदी, मरीच, केराउ, छोकडा, विद्युतीय सामाग्री, लत्ताकपडा, मेसिनरी सामान लगायतको पनि तस्करी भइरहेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय पर्साले अपराध र तस्करी नियन्त्रणका लागि भन्दै टाइगर टोली, मोबाइल टोली लगायत विभिन्न टोली खटाएको दाबी गर्छ । तर ती सबै टोली तस्कर र तस्करसँगको मिलेमतोमा तस्करीको बाटो खुल्ला गर्ने , लाइन क्लियर गर्न खट्ने गरेको जानकारहरू बताउँछन् ।सभार गोठालो खबर

सीमावर्ती नाकाबाट दैनिक लाखौँको राजस्व दोहन गरी त्यसबापतको केही हिस्सा प्रहरी प्रशासनलाई बुझाउने पुरानो परम्परालाई प्रहरीले निरन्तरता दिएको भैँसी तस्करीले नै प्रष्ट पारेको छ ।

प्रतिक्रिया





Top