वैदेशिक रोजगार ठगी गरेको आरोपमा धनुषाबाट एक एजेन्ट गिरफ्तार

मधेशपाटी अनलाइन     २०७८ चैत्र ७, सोमबार ०६:२० बजे मा प्रकासित


जनकपुरधाम । वैदेशिक रोजगारीमा पठाएर ठगी गरेको आरोपमा धनुषाबाट एक एजेन्ट गिरफ्तार गरेको हाे ।मगरमाथि वैदेशिक रोजगारमा ठगी गरेको मुद्दा दायर छ ।

पक्राउ पर्नेमा धनुषा गणेशमान चारनाथ नगरपालिका ५ वस्ने वर्ष ३६ का दान बहादुर मगर रहेका छन् ।

सोही कसुरमा फरार रहेका मगरलाई गएको बिहीबार आफ्नै गाउँमा लुकिछिपी रहेको अवस्थामा प्रहरी चौकी चिसापानीको टोलिले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

उनलाई आवश्यक कारवाहीको लागि सोही दिन सम्बन्धित बैदेशिक रोजगार विभाग बुद्धनगर काठमाण्डौ पठाएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।

प्रतिक्रिया





Top