आरकेष्टा नचाएर जसपा पार्टीमा भित्र्याए (भिडियो सहित)

न्यूज डेस्क     २०७८ चैत्र ७, सोमबार २१:१९ बजे मा प्रकासित


वीरगँज । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले अरकेष्टा नचाएर पार्टी प्रवेश कार्यक्रम गरेका छन् ।

मधेश प्रदेशको पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ को पोखरिया नगरपालिकाको पोखरिया बजारस्थित सोमबार आयोजना गरिएको वृहत पार्टी प्रवेश कार्यक्रममा अरकेष्टा नचाईएको हो ।https://fb.watch/bUl2-5lh60/

पार्टीका अध्यक्ष उपेन्द्र यादवदेखि मधेश प्रदेशका मुख्यमन्त्री समेत सामेल भएको सो कार्यक्रममा मानिसको भिड़भाड़ जम्मा पार्नको लागि अरकेष्टा नचाएको हो ।

केही महिनाअघि मात्र सिरहा जिल्लास्थित पूर्व मन्त्री एवम् जसपाका नेता राजकिशोर यादवले समेत अरकेष्टा नचाएर पार्टी प्रवेश कार्यक्रम गरेपछि आलोचना भएको थियो ।

प्रदेशका मुख्यमन्त्री जस्तो गरिमामय पदमा रहेका व्यक्तिहरु आसिन मँचमा अरकेष्टा नचाएर पार्टी प्रवेश कार्यक्रम गर्दा समाजिक सँजालमा आलोचना भएको छ ।

केटी नचाएर पार्टी प्रवेश कार्यक्रम गराएको भन्दै आलोचना भएको हो । समाजिक सँजाल प्रयोगकर्ताहरुले मानिसको भिड जम्मा पार्नको लागि मात्र केटी नचाएको पनि टिप्पणी गरिएको छ ।

जसपाले पार्टी प्रवेश कार्यक्रममा ओरकेष्ट्रा नचाएपछि मधेश प्रदेश नाम हटाएर मिनी बिहार नाम राख्नुपर्ने जस्ता टिप्प्णी गरिएको छ ।

प्रतिक्रिया





Top