सिरहामा एक परिवारबिच झगडा हुदा फट्टा लिएर अन्धाधुन्ध कुटाकुट,७ जना घाइते केहि रिफर

न्यूज डेस्क     २०७८ चैत्र ७, सोमबार २१:५७ बजे मा प्रकासित


सिरहा । सिरहा जिल्लाको मिर्चैया नगरपालिका वडा नं ४ कुथनमामा दुई दाजुभाईको परिवारबिच झैझगडा हुँदा शरीरबाट रगत बग्ने गरि कुटपिट गरिएको छ।

घायते हुनेमा मिर्चैया नगरपालिका वडा नं ४ कुथनमाको निवासी ७२ वर्षीय गुपुत मुखिया,उनका श्रीमती ६५ वर्षीय कौशिला मुखिया र उनका छोरा ४५ वर्षीय श्याम मुखिया र उनको श्रीमती ३५ वर्षीय देव कुमारी देवी मुखिया छोरा २३ वर्षीय रामपवितर मुखिया र उनको छोरी १७ वर्षीय अस्मिता कुमारी मुखिया घायते भएका छन ।

दुबै दाजुभाइ बिच जमिनको किल्लालाई लिएर बिबाद गर्दा गम्भीर कुटपिट भएको स्थानीयहरुले बताए ।दुबै पक्षले लाठी फराठी ,पाइप लिएर अन्धाधुन्ध कुटपिट गर्दा दाजु पक्षबाट तीन जना महिला , तीन जना पुरुष ,अर्को पक्षबाट एक जना पुरुष गरि जम्मा ७ जनाको शरीर ,टाउकोबाट रगत बगिरहेका घाइतेहरुलाई दुई वटा एम्बुलेन्समा लिएर तत्काल मिर्चैयाको मंगलम होस्पिटमा उपचारको लागि लगिएको केही घाइतेहरुलाई थप उपचारको लागि बिराटनगर रिफर गरिएको इलाका प्रमुख मिर्चैयाको हरिबहादुर ओलिले बताए ।

यसै विच झडपमा संलगन रहेका ६५ वर्षीय चौठीया मुखिया प्रहरीको नियन्त्रणमा रहेको ईलाका प्रहरी कार्यालय प्रमुख मिर्चैयाका प्रहरी नायव उपरिक्षक हरि बहादुर ओलीले बताए ।एक जना नियन्त्रणमा रहेको उनको छोरा फरार रहेको खोजतलास जारी , अभद्र व्यावहारमा राखिएको र अनुसन्धान जारी
रहेको मिर्चैया ईलाका प्रमुख उपरीक्षक हरि बहादुर ओलिले बताए ।

प्रतिक्रिया





Top