जनकपुरधाम । मधेश प्रदेशको धनुषा जिल्लाको बटेश्वर गाउँपालिका वडा ३ कटारी टोल अवस्थित श्री बौद्ध मन्दिर रा. प्रा. विद्यालयमा अभिभावकहरु द्वारा तालाबन्दी गरिएको छ ।
पटकपटक अभिभावकहरु द्वारा व्यवस्थापन समिती चयन गर्दै आईरहेको थियो । पाँच वर्ष विति सकियो विना व्यवस्थापन समितिकै विद्यालय चलिरहेको अभिभावकहरु गुनासो रहेको छ । आज सोमबारको दिन करीब ९: ०० को समयमा अभिभावकहरु मिलेर ताला बन्दी गरेका हुन् ।
विद्यालयमा कतिको पढाइ हुन्छ या हुदैन भने कुनै किसिमका जानकारी सम्हालने जिम्मेवार व्यक्ति नभएको व्यवस्थापन समिति चयन गर्ने उदेश्यले ताल्चा लगाएको हो ।
विद्यालयका प्रधानाध्यापक रामकुमारी लामा , वडा अध्यक्ष हरिलाल महतोलाई र गाउँपालिकामा पटक-पटक उक्त विषयको जानकारी गराई राखदा पनि बेवास्ता गरेपछि बाध्य भएर ताला लगाएको अभिभावकहरु ले बताइन् ।
विद्यार्थीहरूको पढाइमा खेलबाड गर्न थालेपछि यस्ता कार्य नगर्न गरिएको आग्रहमा सुनुवाइ नभएकाले ताला लगाउनु पर्ने परिस्थिति आएको अभिभावकको गुनासो छ ।
उक्त विद्यालयको प्रअ रामकुमारी लामा संग यस विषयमा कुराकानी गर्दा केमरा बन्द गरिदिनु ? सबै कुरा लिखित रूपमा नै भएको बताए तर लिखित मागदा दिन न मिलने बताए सञ्चारकर्मी संग । प्र. लामा अनुसार बटेश्वर गाउँपालिका शिक्षक संयोजकले नदेखाउने आदेश दिएको बताए ।
बटेश्वर गाउँपालिका शिक्षा अधिकृत संग पनि केमरा को अगाडि बोल्नु भन्दा केमरामा बोल्न नमानेको देखिएको छ । शिक्षा अधिकृत मैले नै नदेखाउन आदेश दिएको ठाडो रुपमा बताए । यता वडा अध्यक्ष संग टेलीफोन मार्फत कुराकानी गर्दा आफु यस विषयमा जानकारी भए पनि आफु होस्पिटल मा रहेको बताए ।
प्रतिक्रिया