सत्येन्द्र प्रताप सिंह,रौतहट । आश्रय निर्माण सेवाले कार्य नगरी करोडौं रकम भुक्तानी लिएको आरोप लगाउदै गौर नगर पालिका ७ निवासी रघुनाथ गुप्ताले सोमबार पनि कालो पटी बाधेर विरोध जनाएको छ ।
गौर नगर पालिकाको मधेशी क्रान्ति चोकमा विहान १० वजे देखि ४ बजे सम्म घाममा कालोपटी बाधेर विरोध जनाएको हो । राजदेवी नगर पालिका , गौर नगर पालिका , यमुना माई गाउँपालिका लगायतका जिल्लाका धेरै नगर पालिकालाई शहरीकरण गर्न शहरी विकास मन्त्रालयबाट आएको रकम दुरुपयोग भएको भन्दै विभिन्न निकायमा उजुरी गर्दा पनि सुनुवाई नभएकोले बाध्य भएर कालोपटी बाधेर विरोध जनाएको उनले बताए ।
वल्र्ड बैंकको अनुदानमा रौतहट जिल्लाको शहरीकरण गर्नका लागी सडक नाला निर्माण कार्य को लागी शहरी बिकासले टेन्डर आहवान गरेको थियो । आश्रय निर्माण सेवालाई विभिन्न नगर पालिकामा कार्य गर्न टेन्डर स्वीकृत भएको बताइएको छ ।
प्रतिक्रिया