कर्जन्हामा विकासकाे गति तिब्र, विभिन्न स्थानमा शिलान्यास

मधेशपाटी अनलाइन     २०७८ चैत्र ८, मंगलवार २३:०८ बजे मा प्रकासित


सिरहा । सिरहाकाे कर्जन्हा नगरपालिकामा साेमबार विभिन्न विकास निर्माणकाे शिलान्यास भएकाे छ । कर्जन्हा नगरपालिका वडा नं. ३ बन्दिपुरमा दुइटा सडकमा ढलान कार्यकाे शिलान्यास भएकाे छ त्यस्तै कर्जन्हा नगरपालिका वडा नं. १ मा दुइ तल्ले विद्यालयकाे शिलान्यास भएकाे कर्जन्हा नगरपालिकाकाे उपप्रमुख ज्ञान कुमारी श्रेष्ठले जानकारी दिए ।

कर्जन्हा नगरपालिकाकाे नगर प्रमुख गंगा पासमानकाे अध्यक्षतामा भएकाे शिलान्यास कार्यक्रममा मधेश प्रदेश सांसद दिलिप साह उप प्रमुख श्रेष्ठ र प्रमुख प्रशासकीय अधिकृत बुद्धिमान दनुवारकाे सहभागीतामा संयूक्त रुपमा शिलान्यास भएकाे वडा अध्यक्ष कपले यादवले जानकारी दिए ।
सडक ढलानमा ५९ लाख र विद्यालयकाे भवन निर्माणमा ३० लाख रकम रहेकाे र सडक ढलान याेजनामा मधेश प्रदेश सांसद दिलिप साह ज्यूकाे महत्त्वपूर्ण भुमिका रहेकाे मेयर पासमानले जानकारी दिए ।

विकास निर्माणकाे कार्यहरुकाे शिलान्यास भएकाे र छिटै याे याेजनाकाे सम्पूर्ण कार्य सकाउन उपभोक्ता समितिका अध्यक्षहरुलाई निर्देशन दिएकाे प्रदेश सांसद साहले जानकारी दिए । केहि दिन देखि प्रदेश सरकारले ग्रामीण भेगकाे विकास निर्माणलाइ प्राथमिकतामा राखेर कार्य गरिरहेकाे उनले बताए ।
कर्जन्हा नगरपालिकामा हुने सबै विकास निर्माणकाे कार्यहरुकाे उचित अनुगमन मुल्यांकन र निरीक्षण गरिने भएकाेले गुणस्तरीय विकास हुने

कर्जन्हावासिलाई मेयर पासमानले जानकारी दिए । हामीलाई विकास गर्ने अवसर दिए अबकाे थाेरै समयमा कर्जन्हालाई स्मार्ट सिटी बनाउने र बिकासकाे लहर यूवा स्वराेजगार कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन गर्ने मेयर पासमानले बताए ।

प्रतिक्रिया





Top