जनकपुरधाम ।धनुषा जिल्लाको गणेशमान चारनाथ नगरपालिकाको वेबसाईटको वर्डा प्रोफाइलमा वडा नं ७,८,र १० वडा नम्बर समावेश गरिएको छैन । वर्तमान समयमा कुनै पनि कार्य कम्प्युटरद्वारा नै भैरहेको हामी सबैलाई अवगत नै छ।
नेपाल लागु भएको तीनवटै तहको निर्वाचन सम्पन्न भएको महानगरपालिका ,उपमहानगरपालिका , नगरपालिका र गाउँपालिलामा आ-आफ्नै वेबसाईट रहेको छ ।
जुन वेबसाइटबाट हरेक पालिकाको इतिहास ,परिचय , वर्डा प्रोफाइल,वडा कर्मचारी , कार्यक्रम तथा परियोजना बजेट तथा कार्यक्रम अनुगमन प्रतिबेदन जनप्रतिनिधि र प्रकाशन सम्बन्धि अन्य सूचनाहरु हामीले बिश्वको कुनै ठाउँबाट सजिलैसँग हेर्न ,बुझ्न सक्छौ तर गणेशमान चारनाथ नगरपालिकको वर्डा प्रोफाइलमा वडा नं ७,८ र १० नम्बर वडाहरु नगरपालिकाको वेबसाईटमा राखिएको छैन ।
स्थानीय तहको लगभग ५ वर्ष पुग्न आटेको छ ।अहिलेसम्म त्यो वडाहरु किन राखिएको छैन बुझ्दा छुटिएको हुन सक्ने गणेशमान चारनाथ नगरपालिकामा अधिकांश कार्यरत कर्मचारीहरुले बताए ।
हामी सबैलाई कहिले काहीं वडा अध्यक्षहरुको नाम ,नम्बर आवश्यकता भएको अवस्थामा हामीले नगरपालिकाको वेबसाईटबाट सजिलैसँग खोजतलास गरेर कुराकानी ,आफ्नो समस्या सुनाउन सक्छौ तर त्यो नगरपालिकामा वडा नम्बर ७,९ र १० वेबसाईटमा छदैछैन ।
जब कि नगरपालिकाको वर्डा प्रोफाइल हेर्दा १ देखि ११ सम्म वडाहरु रहेका छन् तर वडा नं ७,८ र १० अहिलेसम्म सच्याएको छैन।
प्रतिक्रिया