मधेश प्रदेशमा मन्त्री रेणु यादवलाई किसानले देखाए कालो झण्डा जसपाका कार्यकर्ताहरुल कुटपिट, एक अस्पताल भर्ना

न्यूज डेस्क     २०७८ चैत्र १२, शनिबार ११:३८ बजे मा प्रकासित


सिरहा । नेपाल सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवलाई कालो झण्डा देखाएको भन्दै जसपाका कार्यकर्ता र किसानहरुबीच समान्य झडप भएको हो ।

शुक्रबार दुई सडकको शिलान्यास गर्न पुगेकी मन्त्री यादवलाई किसानको माग लिएर निरन्तर आन्दोलनरत रहेको किसानहरुले कालो झण्डा देखाउन खोज्दा दुई पक्षबीच समान्य झडप भएको हो ।

कालो झण्डा देखाउन नदिनको लागि जसपाका केही कार्यकर्ताहरुले किसानहरुलाई रोकेको थियो । राक्ने क्रममा समान्य झडप हुँदा किसानहरु कुटिएको बताइएको छ ।

सो क्रममा किसान आन्दोलन समितिका कोषाध्यक्ष रँजीत साह घाईते भएको जनाइएको छ । साहको साथै सँजय यादवसमेत समान्य घाईते भएको जनाइएको छ ।

सिरहाको कल्याणपुरस्थित मन्त्रीको गाडीको लस्करबीच किसानहरुले विरोध स्वरुप कालो झण्डा देखाउन थालेपछि पछाडी मोटरसाईकलमा सवार जसपाका केही कार्यकर्ताहरुले किसानहरुलाई कुटपिट गरेको थियो ।

प्रतिक्रिया





Top