जनकपुरधाम। चीनसँग भएको ९ बुँदे सम्झौता खारेजीको माग गर्दै मधेश प्रदेशको राजधानी जनकपुरधाममा आइतबार प्रदर्शन भएको छ ।
राष्ट्रिय एकता अभियानका कार्यकर्ताले स्थानीय जनक चोकमा चीनसँगको सम्झौताबिरुद्ध प्रदर्शन गरेका हुन् ।
उनीहरुले ‘नौ बुँदे सम्झौता धोका हो, चिनियाँ विस्तारवाद ढोका हो ।, बीआरई सम्झौता सार्वजनिक गर, चिनियाँ विस्तारवाद मुर्दावाद’लगायतका नारासहित प्रदर्शनमा उत्रिएका थिए ।
प्रदर्शनकारीले सोही क्रममा चीनसँग भएको सम्झौतामा आगो लगाएर जलाएका छन् ।
अभियानका अध्यक्ष विनय यादवले चीनले नेपालमा विस्तार गरेर सैन्य गतिविधी बढाउन खोजेको आरोप लगाए ।
चीनका विदेश मन्त्री वाङ यी नेपाल भ्रमणमा आएको बेला नौ बुँदे सम्झौता भएको छ ।
प्रतिक्रिया