अवैध ग्राभेल उत्खनन गर्नेे ५ टिफर सहित स्काभेटर समातिए

न्यूज डेस्क     २०७८ चैत्र १४, सोमबार ०६:२८ बजे मा प्रकासित


सिरहा । सिरहामा अवैध ग्राभेल उत्खनन गरीरहेको अवस्थामा सिरहा प्रहरीले गोलबजार नपा १ मुक्सारबाट ५ वटा टिफर र एक थान जेसिवि नियन्त्रणमा लिएको छ । स्थानीयले अवैध उन्खनन गरिरहेको भन्ने सूचनाको आधारमा पुगेको प्रहरीले ना. ३ ख ६८१२, प्र. २–०१–००१ ख ०२४३, ना. ३ ख ८७७७, प्र. २ –०१–००१ ख ०१०१ र रा. १ ख २०८८ नम्वरको

 

 

टिफर र नम्वर उल्ल्ख नभएको चेनबाला स्काभेटर गएराती नियन्त्रणमा जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डिएसपी सुवास बुढाथोकीले जानकारी दिए ।
टिफर र स्काभेटर नियन्त्रणमा लिएपनि साँचो लिएर ड्राईभर फरार भएकाले ४ वटा टिफर र स्काभेटर प्रहरीको सुरक्षामा उत्खननस्थलमै रहेको जनाएको छ । उनले गाडी ल्याउने प्रयास भईरहेको जनाए ।

 

?
उनका अनुसार राती उत्खनन गरिरहेको अवस्थामा प्रहरी गएपछि सवै गाडीका चालकहरु भागेको बताइएको छ ।
प्रत्यक वर्ष विकास निर्माणको काम सुरुभएसँगै सिरहाको गोलबजार, धनगढीमाई, मिर्चैया, कर्जन्हा र लहान नगरपालिकाको उत्तरीक्षेत्रमा अवैध उत्खनन भएपनि स्थानीय निकाय मुकदर्शक बनेको छ । स्थानीय निकायमा नै खानी दर्ता गर्ने र त्यसको राजस्व लिने व्यवस्था भएपनि उनीहरुको मौनताले मिलेमत्तोको गन्ध दिएको स्थानीयहरु कसम महतोको आरोप छ ।

 

?
स्थानीय पालिका र प्रहरी प्रशासनको समेत मिलेमत्तोमा ग्राभेल उत्खनन हुने गरेको स्थानीयको आरोप छ । गोलबजार नगरपालिकामा हालसम्म दर्ता भएका खानीले पनि अनुमति नलिएको र अनुमति विनै दर्जनौं स्थानबाट ग्राभेल निकाल्ने गरेको बताइन्छ । गोलबजार नगरपालिकाका सूचना अधिकारी दिनेश सहनीले खानी नगरमा दर्ता नभएको जानकारी दिए ।

प्रतिक्रिया





Top