जनकपुरधाम । नेपाल कमला अभियानका संयोजक विक्रम यादवलाई भारत सरकारले जलप्रहरी सम्मानका लागि छनोट गरिएको छ। यो पुरस्कार ३० मार्च २०२२ मा दिल्लीमा प्रदान गरिने छ।
नेपालका कमला बचाओ अभियानका विक्रम यादवलाई भारतीय मन्त्री गजेन्द्रसिंह शेखावतले सम्मान गर्ने छन् ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पानीलाई आत्मनिर्भर बनाउन आह्वान गरेका छन् । यसै दिशामा सन् २०२२ मा Sarkartel.com र भारत सरकारको जलशक्ति मन्त्रालयको संयुक्त आयोजनामा जलप्रहरी सम्मान समारोह आयोजना हुँदैछ । उक्त अवसरमा भारतमा जल संरक्षणको क्षेत्रमा काम गर्ने इन्जिनियरहरुलाई सम्मान गरिने भएको छ ।जलशक्ति मन्त्री गजेन्द्र सिंह शेखावतको प्रमुख आतिथ्यता रहेको छ ।
कमला बचाउ अभियान नेपालमा पनि चलिरहेको छ । यसका संयोजक विक्रम यादवको नेतृत्वमा कमलाको उद्गमस्थल चोर जंगलबाट उद्धार कार्य सुरु गरिएको थियो । यस अभियानमार्फत सरकार र समाज दुवैको ध्यानाकर्षण गराउँदै विक्रम यादवले यस नदीलाई सांस्कृतिक रूप दिएका छन् ।
कमला बचाओ अभियानी यादवले भने कमला नदीलाई मिथिलाञ्चलको गंगा भनेर चिनिन्छ त्यसैले यहाँका मानिसहरू कमलालाई आमा मान्छन्। उनीहरु भन्छन्, हामीलाई र हाम्रो समाजलाई खुवाउने नदी नै हाम्रो आमा हुन् र उहाँलाई हामी आमा मान्छौँ ।
कमला नदीमा धेरै काम गरेकोमा विक्रम यादवलाई बेला-बेलामा पुरस्कृत पनि गरिएको छ । जस्तै स्वामी विवेकानन्द ग्लोबल अवार्ड, डा. एपीजे अब्दुल कलाम नेशनल अवार्ड, इन्टरनेशनल गान्धी इन्भायरमेन्टल वारियर अवार्ड, इन्डिया नेपाल फ्रेन्डशिप अवार्ड आदि प्राप्त गरेका छन् ।
प्रतिक्रिया