BREAKING News : सबैलामा भयानक दुर्घटना ४ जनाको मृत्यु, एक गम्भीर

मधेशपाटी अनलाइन     २०७८ चैत्र १४, सोमबार २१:५० बजे मा प्रकासित


जनकपुरधाम । धनुषा जिल्लाको सबैलामा सवारी दुर्घटनामा परि चारजना बालकहरुको मृत्यु भएको छ । ति चारैजना बालकहरु रहेका छन् । बिरेन्द्रबजार देखि महिनाथपुर सडक खण्डमा पर्ने सबैला नगरपालिका वडा नम्बर १२ रघुनाथपुरको नहरचौक देखि बरकुर्वाको बिचमा भएको दुर्घटनामा ४ जनाको मृत्यु भएको छ ।

सबैला नगरपालिका वडा नम्बर २ बस्ने चारजना बालकहरु छन् । मृत्यु हुनेमा १२ वर्षको लक्ष्मी यादव, मोटरसाइकल चालक र १५ वर्षका राहुल यादव, वर्ष १४ को सुमित यादव र वर्ष १२ को बौका यादव रहेका छन् । साथै दुर्घटनामा परि सोहि वडाका बर्ष १९ को सुरेन्द्र यादव गम्भिर घाइते भएका थियो उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पठाएको छ ।

प्रादेशिक अस्पताल पुग्दा चारजनै मृत घोषणा गरिएको हाे भने एक घाइतेको उपचार भइरहेको छ । सबैला स्थित ईलाका प्रहरी कार्यालयमा बुझदा प्रहरी निरिक्षक राजकुमार लुईटेलले दुर्घटना भएको र ५जनालाई गम्भीर घाइते अवस्थामा प्रादेशिक अस्पतलाका लागि पठाइएको बताए । उनले तत्काल आफुहरुले मृत्यु भएको नभएको विषय बुझन नसकेको बताएका थिए ।

एउटा मोटरसाइकल सहित ५ जना गम्भिर घाइते घटनामा हामी भेटयौं उनले भने, ‘वाँकी दुर्घटना कसरी भयो के भयो भन्ने विषयमा अनुसन्धान पछि मात्र भन्न सकिन्छ ।’

घटनाको विस्तृत विवरण आउन वाँकी छ ।

प्रतिक्रिया





Top