जनकपुर–जयनगर रेल्वे उद्घाटनको तयारी तीब्र, यसरी स्टेशन निगरानी

न्यूज डेस्क     २०७८ चैत्र १७, बिहीबार २१:४१ बजे मा प्रकासित


धनुषा । जयनगर–जनकपुर–कुर्था रेल शनिबारदेखि चल्ने भएपछि उदघाटनको तयारी तीव्र पारिएको छ ।

प्रधानमन्त्री शेर बहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सँयुक्त रुपमा दिल्लीबाट भर्चुअल सँवाद मार्फत नेपाल रेल्वेको उदघाटन गर्ने कार्यक्रम रहेको छ ।

भारतको जयनगर स्टेशनलाई अहिले सजाउने कार्य तीव्र पारिएको छ । दिल्लीबाटै भर्चुअल रुपमा स्वीच अन गरी दुवै देशका प्रधानमन्त्रीले सँयुक्त रुपमा उदघाटन गर्ने भएपछि प्राविधिक जडानहरु तीव्र पारिएको छ ।

जयनगर स्टेशनमा सिसिटिभी क्यामेरा सहित भर्चुअल बैठकको लागि तयारी तीव्र पारिएको हो । अहिले स्टेशनमा टेन्ट लगाएर सजाउने कार्य भइरहेको छ ।

जनकपुरसम्म रेल चल्ने भएपछि नेपालीभन्दा भारतको जयनगरवासीहरु अधिक खुसी देखिन्छन् । रेल बन्द भएपछि जयनगर बजारमा मन्दी छाएपछि रेलको प्रतिक्षामा रहेको जयनगरवासीहरुले रेल चल्ने भएपछि औधी खुसी जनाएका छन् ।

यद्यपी, केही बर्ष अघिसम्म तराई मधेशको केही जिल्लाको व्यापारिक प्वान्ट मात्र जयनगर रहेकोमा अहिले विभिन्न नाकाहरुको बजार खुलेपछि जयनगर बजारमा मन्दी देखिएको छ ।

नेपालीहरुलाई लिएर मात्र चल्ने भारतको जयनगर बजार पहिलेभन्दा अहिले धेरै कम व्यापारी, सर्वसाधारणहरु जाने गरेको छ । रेल चलेपछि सीधा रेल मार्फत व्यापार बढने आसा जयनगरवासीहरुलाई पलाएको छ ।

 

यता, जनकपुर बजार समेत मन्द रहेको अवस्थामा यात्रीहरुको साथै बजार अझ मजबुत हुने विश्वास व्यापारीहरुले लिएका छन् । विगत ८ बर्ष देखि नै बन्द रहेको रेल चल्न मात्र दुई दिन बाँकी रहेको छ ।

प्रतिक्रिया





Top