सिरहा : नगरपालिकाका एक वडाअध्यक्ष यादवको निधन

मधेशपाटी अनलाइन     २०७८ चैत्र १८, शुक्रबार १३:४० बजे मा प्रकासित


सिरहा । सिरहाको गोलबजार नगरपालिका ११ बलकावाका वडाअध्यक्ष रामदेव यादवको निधन भएको छ । मुटुरोगबाट पीडित यादवको आज विहान उपचारको क्रममा विराटनगरस्थित नोवेल अस्पतालमा मृत्यु भएको हो ।

गत फागुनमा काठमाडौंबाट उपचार गरेर आएका वडा अध्यक्ष यादव दुई दिनअघि गाउँकै बजार आएका बेला बेहोस भएका थिए । उनलाई थप उपचारको लागि धरान पुर्याइएको गोलबजार नगरपालिकाका कार्यपालिका सदस्य गंगा कुमारीले जानकारी दिए ।

उनको तीन छोरी र श्रीमती छन् । उनी नेकपा एमालेबाट वडा अध्यक्षमा विजयी भएका थिए

प्रतिक्रिया





Top