सिरहा । सिरहा जिल्लाको कर्जन्हा नगरपालिका वार्ड नं ११ कर्जन्हा बजारमा आयोजित जनमत पार्टीको नगर सभा कार्यक्रम आज शुक्रबार सम्पन्न भएको छ।
आयोजित नगर सभा कार्यक्रमको प्रमुख अतिथि डा.सि.के राउत ,विशिष्ट अतिथिमा केन्द्र उपमहासचिव ईन्द्रजित यादव, केन्द्र सचीव बिजय यादव , केन्द्र सदस्य निर्मल मण्डल ,जिल्ला अध्यक्ष अजय साह र जिल्ला सदस्य सन्जु लगायत जनमत पार्टी मिर्चैया नगरपालिकाको नगर अध्यक्ष पटवारी ,युवा नेताहरू, जनमत पार्टीका कार्यकर्ताहरु ,महिलाहरु र स्थानीयहरुको नगर सभा कार्यक्रममा उपस्थिति रहेको थियो ।
मन्तव्य राखिने क्रममा कर्जन्हा नगरपालिकामा डा.सि.के राउत आउनुको उद्देश नै हो कि यस पटक सही पार्टी जनमत पार्टीलाई अत्यधिक मत दिएर नगरपालिकाबाट भ्रष्टाचार,गरिबी हटाउने , देशमा भैरहेको अनियमितता , देशका हजारौं युवाहरु बेरोजगारी गरेको उनीहरूलाई रोजगार दिने एक मात्र पार्टी जनमत पार्टी रहेको व्यक्ता सन्जुले भनिन् ।
जनमत पार्टीकि सन्जुले आज हामीले माओवादीलाई जितायौ,काङ्ग्रेसलाई जितायौ , र जसपालाई जिताए अन्य पार्टीहरुलाई जितायौ तर कुनै पार्टीले गरिबको दुखमा साथ सहयोग गरेको छ दिदीबहिनीले यो कुरा याद राख्नुस।
स्थानीय सरकारले नै स्थानीय तहमा रोजगारको सिर्जना गरिदियो भने हाम्रो दाजुभाइलाई बिदेश जानू नै पर्थे तर ऊनीहरुले
आफ्नो आसेपासेलाई काम लगाई दिने प्रबृत्तिले पढे लेखेका युवाहरुलाई बिदेश जान्नु बाध्य रहेको जनमत पार्टीको जिल्ला सदस्य सन्जुले बताइन् ।
कार्यक्रममा प्रमुख अतिथि डा.सि. राउतले के कहाँ बाट शुरु गरौं,कहाँ अन्त्यमा गरौं अल्मलमा छु ,हामी सबैलाई थाहा छ तर हामी पटक पटक किन गलती गर्छौ ।आज को दिनमा कर्जन्हा, जिल्लाको धेरै स्थानहरुमा
जे अस्थित देख्दै छु कि ,जुन प्रकारको राजनैतिक चयन देख्दै छु यो बाट धेरै दुख ,तकलीफ जरुरी हुदै छ सि.के राउतले भन्नुभएको छ।
जनमत पार्टीको एउटै उद्देश रहेको छ।देशमा रहेको रोजगारी ,शिक्षा ,आवश ,कपास र स्वास्थ लगायत क्षेत्रमा जनताहरुलाई सहजता दिने पहिलो प्राथमिकता रहेको डा.सि.के राउतले भने ।
प्रतिक्रिया