नोबेल अस्पतालका चिकित्सक मृत फेला, हत्याको आशंका

मधेशपाटी अनलाइन     २०७८ चैत्र १९, शनिबार ११:३५ बजे मा प्रकासित


विराटनगर । विराटनगर स्थित नोबेल अस्पतालमा कार्यरत सप्तरी चिकित्सक नोबेल अस्पताल अगाडि मृत अवस्थामा फेला परेका छन ।

सप्तरीको राजविराज घर भई एमबीबीएस चिकित्सक यादव नोबेल अस्पताल तीन वर्षदेखि काम गर्दै विराटनगरमा बस्दै आएका २८ वर्षीय विजय यादव आज बिहान नोबेल अस्पताल अगाडि मृत भेटिएका हुन्।

उनी मृत अवस्थामा भेटिएको स्थानीयले जानकारी गराए लगत्तै अहिले घटनास्थलमा मोरङ प्रहरी टोली पुगेर अनुसन्धान गरिरहेको छ। मृतकका आफन्तले चिकित्सक यादवको हत्या भएको भन्दै घटनामा संलग्नलाई कारबाही गरिनुपर्ने मागसहित नाराबाजी गरेका छन्। उनी अर्थोपेडिक वार्डमा कार्यरत थिए।

 

प्रतिक्रिया





Top