जनकपुरधाम । धनुषामा स्कोरपियोले ठक्कर दिँदा घटनास्थलमै एक जनाको मृत्यू भएको छ भने दुई जना घाईते रहेका हुन ।
धनुषा जिल्लाको विदेह नगरपालिका वडा नम्बर ६ तिनकोरियास्थित एक पुरुषलाई ठक्कर दिँदा घटनास्थलमै मृत्यू भएको हो ।
शनिबार बेलुकी ७ः३० बजेको समयमा जनकपुरबाट कमलातर्फ जाँदै गरेको बि.आर. ० पिबी– ३९०२ नम्बरको भारतीय नम्बर प्लेटको स्कोरपियोले ठक्कर दिँदा मानसिक सन्तुलन गुमाएको एक व्यक्तिलाई ठक्कर दिएको थियो ।
ठक्कर दिएपछि एकराही बस्ने अन्दाजी बर्ष ३५ को बौका भन्ने हरीचन मण्डललको घटनास्थलमै मृत्यू भएको हो भने अन्य दुई जना घाईते भएको हो । उनीहरुलाई तत्कालै एम्बुलेन्सबाट उपचारको लागि जनकपुर प्रादेशिक अस्पताल पठाएको जनाइएको छ ।
सो क्रममा स्थानीय कुलदिप महरा र अन्य एक जना नाम नखुलेको गरी दुई जना घाईते भएको हो ।
स्कोरपियो चालक पक्राउ परेका छन् भने उनलाई प्रहरी चौकी तिनकोरियामा राखेर अनुसन्धान थालेको छ । अहिले तिनकोरिया क्षेत्रमा स्थानीयहरुको भीड लागेको छ ।
गाडी धनी विदेह नगरापलिका वडा नम्बर ४ ठाढीको रहेको बुझिएको छ । यद्यपी, गाडी धनीको नाम भने खुलाईएको छैनन् ।
प्रतिक्रिया