सिरहा : १५ बर्ष सम्मका बालबालिका लागि टाइफाइड रोग विरुद्ध खोपको अभियान शुरु

मधेशपाटी अनलाइन     २०७८ चैत्र २०, आईतवार १८:०२ बजे मा प्रकासित


सिरहा । सिरहाको कर्जन्हा नगरपालिकामा नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या स्वास्थ्य मन्त्रालयको निर्देशन अनुसार टाइफाइड रोग विरुद्धको खोप अभियान तथा नियमित खोपमा टाइफाइड खोप  शुरूवात  गरेको छ।

नेपाल सरकारको प्राथमिकता प्राप्त राष्ट्रिय खोप       कार्यक्रमको माध्यमद्वारा बालबालिकाहरुलाई       खोपबाट बचाउन सकिने रोगहरुबाट  हुने बिरामी दरमा कमी ल्याई शिशु तथा बाल मृत्युदर  समेत  घटाउने लक्ष्यका साथ खोप मार्फत देशभर खोप सेवा संचालन गर्दै आएको छ।

राष्ट्रिय खोप कार्यक्रमको उद्देश्य तथा बहुवर्षीय  खोप कार्य योजना (सन् २०१७-२०२१ ) को लक्ष्य अनुसार नयाँ खोप तथा प्रयोगमा आइरहेका अन्य  खोपहरु राष्ट्रिय खोप कार्यक्रममा क्रमशः थप्दै जाने निति अनुरुप रोगको भार ,बिश्व स्वास्थ्य संगठनको सुझाव तथा नेपालको राष्ट्रिय खोप सल्लाहकार समितीको सिफारिस अनुसार नेपाल सरकारबाट उच्च प्राथमिकता साथ यसै आ.व बाट नियमित
खोपमा टाइफाइड विरुद्धको खोप समावेश
गरि शुरूवात गर्न लागिएको छ।

कर्जन्हा नगरपालिकामा  चैत्र  २५ गते  शुक्रबार    गतेदेखि चैत्र ३० गते बुधबारसम्मको लागि    १५ महिने बालबालिका देखि १५ बर्ष मुनिका बालबालिकाहरुलाई नजिकको खोप केंद्रमा गई टाइफाइड रोग  विरुद्धको खोप  बालबालिकाहरुलाई लगाउन अभिभावक,
बुद्धिजीवी लगायत सम्पुर्ण कर्जन्हा नगरपालिकाको नगरवासीलाई कर्जन्हा न.पा.को स्वास्थ्य शाखा कर्जन्हाले अनुरोध गरेको छ।

प्रतिक्रिया





Top