धनुषा : गहुँ खेतमा भेटियो शव,गोली र चक्कु प्रहार

न्यूज डेस्क     २०७८ चैत्र २३, बुधबार २०:३९ बजे मा प्रकासित


जनकपुरधाम । धनुषामा एक युवकको हत्या गरिएको अवस्थामा शव भेटिएको छ ।

जिल्लाको हंसपुर नगरपालिका ७ बस्ने १८ वर्षीय विजय महराको शव हत्या गरिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

महराको शव सोही नगरपालिकाको वडा नम्बर ६ स्थित गहुँ खेतमा भेटिएको धनुषा प्रहरीका प्रवक्ता एवं डीएसपी जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।

उनका अनुसार महराको बायाँ आँखाको माथि निधारमा गोली प्रहार भएको देखिएको छ । यस्तै पछाडि ढाडमा दुई पटक चक्कुले प्रहार गरेको देखिएको उनले बताए ।

‘महराको हत्या नै भएको देखिन्छ’ डीएसपी बस्नेतले भने, ‘मृतकको शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम लगिएको छ ।’

उनका अनुसार शव भेटिएको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया





Top