सिरहा : मिर्चैयामा पुर्व प्रधानमन्त्री प्रचण्डद्वारा एकैपटक तीनवटा सुदघाटन कार्यक्रम सम्पन्न

मधेशपाटी अनलाइन     २०७८ चैत्र २५, शुक्रबार ०७:४६ बजे मा प्रकासित


जनकपुरधाम । सिरहा जिल्लामा एकैपटक तीन वटा स्थानमा पुर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको केन्द्रिय अध्यक्ष पुष्प कलम दाहाल प्रचण्डले समुदघाटन कार्यक्रम आज बिहिवार सम्पन्न गर्नुभएको छ।

आज बिहीबार नै मिर्चैया नगरपालिका वार्ड नं ६ मटियर्बामा सहिद क.राम प्रताप साहको नाममा नव निर्मित सहिद गेट(प्रवेश द्वार) ,मिर्चैया नगरपालिका वार्ड नं २ मल्हँनिया खोरीमा नगर अस्पताल भवनको शिलान्यास र मिर्चैया नगरपालिका वार्ड नं ५ स्थित संचालित रहेको श्री ब्रहमचारी दामोदरानन्द (बि.डी) कलेलको मुल प्रवेश (द्वार )गेटको पुर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्रको केन्द्रिय अध्यक्ष पुष्प कलम दाहाल प्रचण्डले समुदघाटन कार्यक्रम सम्पन्न गर्नुभएको छ।

मिर्चैयाको श्रीमोहन नमुना माध्यमिक (प्राबिधिक ) बिद्यालयको प्राङ्गणमा आयोजित महान सहिद क.राम प्रताप साह सहिद गेट तथा नगर अस्पताल भवन शिलान्यास कार्यक्रम मिर्चैया नगरपालिकाको नगर प्रमुख श्रवण कुमार यादवको अध्यक्ष्ातामा भएको कार्यक्रमको प्रमुख अतिथि नेपालको पुर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी( माओवादी केन्द्रको) केन्द्रिय अध्यक्ष पुष्प कलम दाहाल ‘प्रचण्ड’ ,विशिष्ट अतिथि ,अतिथि संघिय संसद तथा पुर्व मन्त्री माननीय मात्रीका प्रसाद यादव ,पुर्व मन्त्री माननीय गणेश साह,शिक्षा तथा बिज्ञान प्रबिधि राज्य मन्त्री माननीय बोधमाया यादव , मधेस प्रदेशको आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरत प्रसाद साह , अतिथिहरुमा पुर्व मन्त्री बिश्वनाथ प्रसाद साह,पुर्व मन्त्री महिन्द्र पासमान ,पुर्व मन्त्री अजय नायक(अभिनाश), पुर्व मन्त्री तथा मधेस प्रदेश संासद रामकुमार यादव ,मधेस प्रदेश संासद जगत यादव ,मधेस प्रदेश संासद दिलिप साह ,नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्रको केन्द्रिय सदस्य सिता पोखरेल , नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्रको केन्द्रिय सदस्य श्रवण बरबरीया ,लगायत विभिन्न नगरपालिकाको मेयर , उपमेयर ,वार्ड अध्यक्षहरु ,कार्यपालिकाको सदस्यहरु,ईलाका प्रहरी मिर्चैयाको प्रमुख हरि बहादुर ओली,सशस्त्र प्रहरीको प्रमुख र पत्रकारहरु सर्वसाधारणहरुको कार्यक्रममा उपस्थिति रहेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि पुर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको केन्द्रिय अध्यक्ष पुष्प कलम दाहाल प्रचण्डले नेकपा एमालेको अवरोधका कारण संसदमा नागरिकतासम्बन्धी विधेयक पारित गर्न नसकेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् ।

हामी निर्वाचनको मुखमा छौ ।हामीले प्रतिगामनलाई पराजित त गरियौ ।हामीले ओली र एमाले गुटको मधेस बिरोधि ,परिवर्तन बिरोधि ,गणतन्त्र बिरोधि संविधान बिरोधि ,समावेशी तथा समानुपातिकलाई एकपटक पहिलो पुष ५ गतेको विघटन असफल पारेर ,दोस्रोपल्ट फेरि विघटन गरे ।हामीले गठबन्धन गरेर त्यसलाई पनि असफल परियौ दाहालले बताए ।

पुर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको केन्द्रिय अध्यक्ष पुष्प कलम दाहाल प्रचण्डले नागरिकता विधेयक संसदमा व्यापक छलफल गरेर पारित गर्नुपर्नेमा एमालेको अवरोधका कारण छलफल र पारित हुन नसकेको बताएका हुन् ।

उनले संसद अवरोध भएपछि अध्यादेश बाट नागरिकताको समस्या समधान गर्न खोज्दा अदालतले नागरिकतासम्न्धी अध्यादेश ल्याउन रोक लगाएको बताए ।

उनले भने, ‘अदालतले नागरिकता दिनुपर्छ तर गम्भीर संवेदनशील विषय सदनमा छलफल गरेर प्रतिनिधिसभाबाट पारित गरेर समस्या गर्नुपर्छ भनेकाले अध्यादेश ल्याउन नपाइने रहेछ ।’

अध्यादेशबाट नागरिकताको समाधान नहुनसकेपछि सदनबाट पारित गराउन प्रस्ताव राख्दा एमाले र केपी ओली गुटले रोकेको प्रचण्डले आरोप लगाए ।संसद अधिवेशन सुरु भएपछि एमालेको अवरोधकै बीच भएपनि नागरिकता विधेयक पारित गर्ने उनले बताए ।

अध्यक्ष प्रचण्डले सदन अवरोध भए पनि बजेट र एमसीसी पारित गरेजस्तै अब सदन खुल्नेवित्तिकै एमालेको अवरोध गरे पनि नागरिकता विधेयक पारित गर्ने बताए ।

तर ,अझै पनि हामी सुरक्षीत छौ,भने स्थिति अझै पनि छैन अझै पनि प्रतिक्रियावादी ,प्रतिक्रान्तिकारी ,प्रतिगामीशक्तिहरुले यो संविधान उल्टाउने ,गणतन्त्र उल्टाउने,हेर्नु हुन्छ भने हिजोको राजाबादीहरु अहिले पनि राजावादी रहेका छन ।

तिनीहरूको बिच साथघाट बढी राखेको
त्यहाँ राजतन्त्रबादीहरु,र आफुलाई एमाले भनेहरुले नजिक नजिक गरेर अझै पनि यो
संविधान उल्टाउन सकिन छ कि अझै पनि मधेसी जनताले पाएको हक अधिकार यहाँ दलित ,मुस्लिम आदिवासी ,महिलाहरुको अधिकार खोस्न सकिन्न छ कि भने लागि राखेका छन् प्रचण्डले आरोप लगाए छन ।

प्रतिक्रिया





Top