अजित कुमार,सिरहा । सिरहाको कर्जन्हा नगरपालिकामा आज शुक्रबार कर्जन्हा नगरपालिकाको प्रशासकीय भवनको शिलान्यास हुन गइरहेको हुँदा स्थानीयहरु खुशीले गदगद भएका छन ।
प्रशासकीय भवनको शिलान्यास कार्यक्रम कर्जन्हा नगरपालिका वार्ड नं ५ दुर्गा मन्दिरको डिलमा नगर प्रमुख गंगा पासमानको अध्यक्ष्ातामा हुन गइरहेको कार्यक्रमको प्रमुख अतिथि मधेस प्रदेश सरकार आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरत प्रसाद साहद्वारा शिलान्यास हुन गइरहेको प्रमुख प्रशासकीय अधिकृत बुद्धिमान दनुवारले जानकारी दिए ।
कर्जन्हा नगरपालिकामा प्रशासकीय भवन बन्दा स्थानीयहरु खुशीले गदगद भएका छन् ।धेरै वर्ष पश्चात् ,विभिन्न राजनैतिक दलको अबरोधले नगर प्रमुख गंगा पासमानले प्रशासकीय भवन कर्जन्हामा निर्माण गर्न लाग्दा सावित्री पासमान , मुशनी मलिक र स्थानीय सरोज कुमार साह लगायत अधिकाश स्थानीयहरु खुशीले गदगद भएको बताउ छन ।
कार्यक्रम शुक्रबार दिउँसो १२ बजेदेखि हुन लागेको शिलान्यास कार्यक्रमसँगै विभिन्न साँस्कृतिक कार्यक्रम पनि रहेकोले कार्यक्रममा कर्जन्हा बासी,बुद्धिजीवी ,राजनैतिककर्मी,
समाजसेवी ,व्यापारी ,अधिकारकर्मी,सुरक्षा कर्मी,सर्वसाधारण लगायत सम्पुर्ण नगर र जिल्ला वासीलाई शिलान्यास कार्यक्रममा
सहभागीको लागि सबैमा नगरपालिकाले
हार्दिक अनुरोध गरेका छन ।
साथै ,बिहान १० बजे देखि साँस्कृतिक कार्यक्रम कर्जन्हा बजारमा रहेको थियो ।
प्रतिक्रिया