जनकपुरधाम : मेयर पदका लागि स्वतन्त्र उम्मेदवारी बलराम महतोकाे घोषणा

न्यूज डेस्क     २०७८ चैत्र २६, शनिबार १६:२५ बजे मा प्रकासित


जनकपुरधाम । रमण कन्ट्रक्सनका सञ्चालक बलराम महतोले जनकपुरधामको मेयर पदका लागि स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् ।

जनकपुरमा शनिबार बिहान पत्रकार सम्मेलन गरि उम्मेदवारी घोषणा गरेका हुन् ।

३० वर्ष निर्माण व्यवसायीको रुपमा काम गरेका महतोले पेशाबाट सन्यास लिँदै जनकपुरधामको विकासका लागि उम्मेदवारी घोषणा गरेको बताए ।

आफूलाई अब केवल समाजसेवा र जनकपुरधामको विकासका लागि केन्द्रित हुने भएकाले उम्मेदवारी घोषणा गरेको उनको भनाइ छ ।

 

आफु मेयरमा निर्वाचित भएपछि जनकपुरको मुहार फेरिदिन्छु,’ उनले भने, ‘विकास निर्माण गर्न र मन्त्रालयबाट थप बजेट ल्याउन आफुसँग अनुभव छ ।’ लामो समयको अनुभवलाई जनकपुरधामको विकासमा लगाउने उदेश्य राखेर स्वतन्त्र उम्मेदवारी दिएको उनले बताए ।

नेकपा माओवादीका नेता एवम पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), माओवादीकै अर्का नेता बादल आफ्नो क्लासमेट भएको जानकारी दिँदै उनले दलीय कित्ताभन्दा बाहिर बसेर समाजसेवा गर्ने मनसायले स्वतन्त्र उम्मेदवारी घोषणा गरेको बताए ।

प्रतिक्रिया





Top