जनकपुरधाम वडा नम्बर १० मा सुशील कर्ण एमालेबाट वडाध्यक्षमा छनोट

मधेशपाटी अनलाइन     २०७८ चैत्र २६, शनिबार २१:३८ बजे मा प्रकासित


जनकपुरधाम । नेकपा एमालेले आगामी वैशाख ३० गते हुन लागिएको एस्थानीय तह निर्वाचनको लागि जनकपुरधाम उपमहानगरपालिका वडा नं. १० मा वडाध्यक्ष लगायत वडा सदस्य पदका लागि उम्मेदवार छनोट गरको छ ।

शनिबार जनकपुरधाम वडा नम्बर–१० मा बसेको वडासमितिको बैठकबाट वडाध्यक्षका लागि भर्खर मात्र नेकपा एमालेमा प्रवेश गरेका युवा नेता सुशीलकुमार कर्णलाई छनोट गरिएको छ ।

वडा नम्बर–१० मा एमालेबाट वडाध्यक्षको उम्मेदवारमा कर्णलाई सर्वसम्मत छनोट गरिएको छ ।

बैठकले वडासदस्यमा महेन्द्रप्रसाद साह र प्रदीप मण्डल तथा महिला सदस्यमा रेखादेवी यादव एवं दलित सदस्यमा रञ्जितादेवी साहलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

नेकपा एमालेको वडा नम्बर–१० का अध्यक्ष श्याम किशोर मण्डलको अध्यक्षता, वरिष्ठ सल्लाहकार महेन्द्र प्रसाद साहको सक्रियता एवं जिल्ला सदस्य शीलादेवी झाको रोहबरमा भएको बैठकमा उपाध्यक्ष अनिता कुमारी, कोषाध्यक्ष सञ्जीवकुमार साह, नगर उपाध्यक्ष सन्तोषकुमार महतोलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया





Top