जनकपुरधाम । धनुषा जिल्लाको कमला नगरपालिका वडा नम्बर २ बस्ने झरीया भन्ने झरी यादवको खेतमा (थरेशरमा) पेलाउन राखिएको १२ कठ्ठाको गहुँमा आगजनी गरिदिएको प्रहरी चौकी माचि झिटकैयाले जनाएको छ । जम्मा गरी राखिएको गहुँबालीमा आगजनी गरिदिएपछि सबै गहुँ जलेर ध्वस्त भएको छ ।
आईतबार बिहान करिब ३ः३० बजेको समयमा कमला नगरपालिकाको कार्यालयदेखि करिब ७० मिटरको दुरीमा मात्र जम्मा गरी राखिएको गहुँको बोझामा अज्ञात व्यक्तिले आगजनी गरिदिएको प्रहरीले जनाएको छ ।
सालभरि खानको लागि जम्मा पारिएको गहुँको बोझामा नै आगजनी गरिदिएपछि सबै गहुँ जलेर नष्ट भएको छ । त्यहाँस्थित १२ कठ्ठाको खेतमा लगाएको गहुँको सबै बोझा धवस्त भएको हो ।
विहान ३ः३० बजेमा गहुँ पेल्ने एक जनाले प्रहरीमा खवर गरेपछि तत्कालै प्रहरी घटनास्थल पुगेको थियो । प्रहरीचौकीदेखि पनि करिब ७५ मिटरको दुरीमा खेत रहेको छ ।
बीचमा नगरपालिकाको निर्माणधीन भवनहरु, वडा कार्यालका भवन रहेकोले थाहा पाउन नसकेको प्रहरीले जनाएको छ ।
यता, कमला नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष धनेश्वर यादवले घटनाको पुष्टि गर्दै पीडितसँग न्यायको माग गरे बताए । उनले आगो कसले र किन लगाएको बारे प्रहरीले अनुसन्धान थालेको जनकारि गराएको हाे ।
प्रतिक्रिया