वीरगंज । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत गद्दीले श्रीमतीलाई आफ्नो गाउँपालिकाको उपाध्यक्ष बनाउन खोजेपछि गत स्थानीय निर्वाचनमा जगरनाथपुर गाउँपालिका जितेकी बिस्मिल्ला खातुनले पार्टी परित्याग गरेकी छिन् ।
मुख्यमंत्री पत्नी जूलेखा खातुन सरकारी गाडी चढेर भोट माग्न थालेपछि बीसमिला नेकपा माओवादी पार्टीमा प्रवेश गरेर आउने निर्वाचनकाे तयारी मा जुटेकी छिन् ।
जगरनाथपुर गाउँपालिकामाका स्थायी बासिन्दा मुख्यमन्त्री लालबाबु राउत गद्दी वीरगंज महानगरपालिका वडा नं १३ मा बसोबास गर्दै आएका छन् । सो वडा निवासी जसपा वीरगंज महानगरका उपाध्यक्ष शेख रुस्तमले पनि पार्टी परित्याग गरी नेपाली कांग्रेसभित्र प्रवेश गरेपछि जसपामा खैलाबैला मच्चिएकाे छ ।
वीरगंज महानगरपालिकाभित्र यस अघि मुख्यमन्त्री गद्दीकाे पार्टीबाट निर्वाचित भएका मेयर विजय कुमार सरावगी जसपा छोडेर नेकपा एमालेमा प्रवेश गरिसकेका छन् ।
गठबन्धनकाे बैठकमा वीरगंज महानगर आफ्नो पार्टीले जितेको भनेर दावी गर्दै आए पनि जसपा अहिले पर्सामा अत्यन्त कमजोर अवस्थामा रहेको छ।
यस्तो परिवेशमा गठबन्धनको नाउँमा कांग्रेसले आफ्नो दावी छोडनुकाे कुनै तुक नरहेको नेपाली कांग्रेस पर्साका उपाध्यक्ष रामनारायण कुर्मीले बताए ।
प्रतिक्रिया