सिरहा कारागारमा कैदीहरुकाे लागि निःशुल्क स्वास्थ्य चेकजाँच

न्यूज डेस्क     २०७८ चैत्र २८, सोमबार १०:३४ बजे मा प्रकासित


सबिन यादव ,सिरहा । सिरहा जिल्लाकाे कारागार सिरहामा कैदीहरुको स्वास्थ्य चेकजाँच गरिएको छ ।

सिरहा कारागारमा लहानस्थित रहेको कामना नर्सिङ होम प्रा.लि. ले निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरी कैदीहरुलाई स्वास्थ्य चेकजाँच गरेको हो ।

जिल्ला कारागार सिरहामा शनिबार बिहानको १० बजे देखी सुरु गरिएको शिविर बेलुकाको ५ः३० बजे सम्म चलेको थियो । कैदीहरुको स्वास्थ्य अवस्थालाई मध्यनजर गरी कामना नर्सिङग होमले कारागार भित्र अनुमति लिएर स्वास्थ्य शिविर सम्पन्न गरेको सँचालक ब्रिदेव महतोले बताए ।

सिरहाको लाहानमा अव्यवस्थित कामना नर्सिङ होमा प्रा.लि. का डा. रितेश कुमार गिरि (ईन्टरनल मेडिसिन) , डा. विनोद कुमार सिंह (हाड जोर्नी तथा नशा रोग बिशेषज्ञ) डा. राम चरित्र महतो (फिजिशियन, डा. राम आशिष चौधरी (फिजिशियन) लगायतका टिमले चेकजाँच गरेको थियो ।

कारागारमा सम्पन्न भएको शिविरमा निःशुल्क औषधि समेत वितरण गरिएको थियो । औषधि वितरणको लागि कामना नर्सिङ होमका कर्मचारी चन्द्र किशोर यादव ,आर्ती खड्का , अशोक श्रेष्ठले सहयोग गरेका थिए ।

शिविरमा कारागार सिरहामा रहेका कैदी कुल ६ सय २५ मा महिला पुरुष कैदीले लाभ उठाएको बताइएको छ । जसमध्ये छाला रोग सम्बन्धि ७४ जना , हाडजर्नी तथा नशा रोग ६६ जना र विभिन्न राग जस्तैः डाइबेटिज, ब्लड प्रेसर , कमजोरि महसुस हुनु, जरो, आदिमा १६० जनाले चेकजाँच गराएको अस्पतालका संचालक महतोले जानकारी दिए ।

सिरहा कारागारमा पटक पटक शिबिर गरि कैदीहरुलाई चेकजाँचमा सहयोग गर्दै गरेको कामना नर्सिङ होमका अस्पताल प्रशासन प्रमुख रोशन कुशवाहाले जनाए ।

प्रतिक्रिया





Top