जनकपुर : महतोले आफ्नो व्यक्तिगत लगानीमा वर्षौंदेखि जीर्ण रहेको सडकलाई निर्माण काम सुरु

न्यूज डेस्क     २०७८ चैत्र ३०, बुधबार ०८:३३ बजे मा प्रकासित


जनकपुरधाम । जनकपुरधामको मेयर पदका लागि स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका समाजसेवी बलराम महतोले व्यक्तिगत लगानीमा सडक निमार्ण सुरु गरेका छन् ।

महतोले आफ्नो व्यक्तिगत लगानीमा वर्षौंदेखि जीर्ण रहेको जनकपुरधामको एक सडकलाई निर्माण गर्ने काम सुरु गरेका हुन् ।

स्थानीयको अनुरोधमा महतोले व्यक्तिगत लगानीमा मंगलबारदेखि रेल्वे स्टेशनदेखि सिताचोकसम्मको सडक निर्माण गर्न सुरु गरेका छन् । आफूले स्थानीयवासीको अनुरोधमा सो सडक निर्माण गर्न लागेको महतोले बताए ।

महतोले भविष्यमा मर्मतको प्रतिबद्धतासमेत जनाएका छन् । उनले भने, ‘यो सडक विस्तार भएपछि स्थानीयको दैनिकीमासमेत परिवर्तन आउने छ ।’

स्थानीय तहको निर्वाचनमा महतोको प्रतिबद्धता अनुसार सो बाटोले स्थानीयबासिन्दालाई सहज हुने भएको छ । सडक विस्तार गर्ने प्रतिबद्धतासँगै मर्मतसम्भारमासमेत स्थानीयलाई सघाउने उनले बताए ।

‘मैले राजनीतिलाई पाखा लगाउँदै समाजसेवा गर्ने उद्देश्यका साथ सडक निर्माणको काम सुरु गरेको छु, ‘जनताको आवश्यकता अनुसारका पूर्वाधारमा सघाउँछु’ उनले भने, ‘जनतालाई आवश्यकतासँगै व्यक्तिगत रुपमासमेत बोलेका प्रतिबद्धताहरु पूरा गर्नेछु ।’

महतोले आफूले जनकपुरधामको विकासमा व्यक्तिगत करोडौं लगानी गरेको दाबीसमेत गरेका छन् ।

उनले आफू नगरप्रमुखमा निर्वाचित भएपछि नगरको विकासका लागि काम गर्ने प्रतिवद्धता व्यक्त गरे । अब आफ्नो लक्ष्य नै जनकपुरधामको विकास गर्नु रहेको उनको भनाई थियो ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ का वडाध्यक्ष शत्रुधन साहले सडकको टेण्डर लागेको ८ महिना भएपनि नगर प्रमुखले चासो नलिएका कारण सडक बन्न नसकेको आरोप लगाए ।

सडकको दुरावस्था देखेर महतोले आफ्नै पहलमा यो सडक बनाउन लागेको साहले बताए ।

प्रतिक्रिया





Top