रौतहट । रौतहटमा एक स्कूलका प्रधानाध्यापक (हेडमास्टर) र उनका सहयोगी तीन लाख रुपैयाँ घुससहित रँगेहात गिरफ्तार परेका छन् ।
रौतहट जिल्लास्थित रहेको श्री विश्वेश्वर प्रसाद कोईराला आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक राकेश कुमार ठाकुर र उनका सहयोगी दिपेन्द्र कुमार झा तीन लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टँगालबाट खटेको अख्तियारको टोलीले दुवै जनालाई घुस लिँदालिँदै रँगेहात पक्राउ गरेको जनाईएको छ ।
रौतहटको गौरस्थित रहेको जोकहा–घिउरास्थित रहेको सो विद्यालयको हेडमास्टर ठाकुर र सहयोगी झाले शिक्षक नियुक्ती वापत ३ लाख रुपैयाँ घुस मागेको गोप्य सूचनाको आधारमा तीन लाख रुपैयाँ लिसकेको अवस्थामा रँगेहात गिरफ्तार गरिएको हो ।
रौतहटको सरौठाचोकस्थितबाट दुवै जनालाई रँगेहात पक्राउ गरिएको अख्यितार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिएका छन् । मुचुल्का उठाएपछि दुवै जनालाई आजै अख्तियारको केन्द्रीय कार्यालय टँगाल लग्ने तयारी गरिएको हो ।
प्रवक्ता भण्डारीले शिक्षक नियुक्ती वापत ३ लाख रुपैयाँ घुस मागेको थियो । अहिले प्रारम्भिक मुचुल्का उठाउने कार्य भइरहेको प्रवक्ता भण्डारीले जानकारी दिए ।
प्रतिक्रिया